बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका बिद्यालयमा जुकाको औषधी खुवाउन आइडिस नेपालको सहजीकरण

बाजुराका बिद्यालयमा जुकाको औषधी खुवाउन आइडिस नेपालको सहजीकरण

  • बुधबार, साउन १३, २०७८
बाजुराका बिद्यालयमा जुकाको औषधी खुवाउन आइडिस नेपालको सहजीकरण

बाजुरा — बाजुरा जिल्लाका केही बिद्यालयहरुमा जुकाको औषधी खुवाउने अभियानमा आइडिएस नेपाल नामक गैर सरकारी संस्थाले सहजीकरण गरेको छ । नेपाल सरकारको कार्यक्रम अन्तरगत रहेको सो कार्यक्रमलाई निरन्तरता दिन सहजीकरण गरिएको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका, छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र हिमाली गाउँपालिकामा रहेका विद्यालयका विद्यार्थी हरुलाई जुकाको औषधी वितरण गर्ने अभियान तिव्र रुपले अगाडी वढाएको र जसको सहजिकरण एकिकृत विकास समाज नेपाल (आइडीएस) जिल्ला संयोजक प्रेम खनाल बताएका छन ।
एकिकृत विकास समाज नेपाल (आइडीएस) ले युसडिए र विश्व खाद्य कार्यक्रमको सहयोगमा बाजुरा जिल्लामा सरसफाईका क्षेत्रमा ठुलो अभियान चलाई रहेको जिल्ला संयोजक खनालले बताएका छन । जसमा विद्यालय सरसफाई कार्यक्रम अन्तर्गत जिल्लाको गौमुल गापामा चाङ जुठाल्नु वडार्मा पक्की फोहर फाल्ने खाडल निमाणर् गरिएका बताएका छन । वडा नं २ का ४५ घरधुरीमा सो कार्य सम्पन्न भएको जनाएका छ । सो अभियान लागी एकिकृत विकास समाज नेपालका सामाजिक परिचालक लाई पालिकाले जिम्मा दिईएको एकिकृत विकास समाज नेपाल (आइडीएस) का जिल्ला संयोजक खनालले जानकारी दिएका छन । यसै गरी हरेक स्थानीय तहहरुले सरसफाईका लागी बजेट विनियोजन समेत गरेका छन र यस जिल्लाका १ सय ३८ आधारभुत विद्यालयमा विद्यालय सुधार योजना बनाउन एकिकृत विकास समाज नेपाल (आइडीएस) ले प्राबिधीक सहयोग गरेको जनाएको छ । विद्यालय सरसफाई कार्यक्रम लगायतका सबै कार्यक्रमहरु प्रभाबकारी बन्दै गएको स्थानीय तहहरुले बताएका छन ।

No description available.
२०७५ साल बाट शुरु भयको बाजुरा जिल्लामा एकीकृत बिकाश समाज नेपाल सस्थाले जिल्लामा सरसफाई र बिद्यालयहरुमा बिभिन्न क्रृयाकलापहरु गरीरहेको छ । बिध्यालय स्थरीय सरसफाइ क्षेत्रमा सहजीकरण गर्ने बिध्यालय भित्र सरसफाइ कार्यक्रम लागू भै सरसफाइ क्षेत्रमा परीबर्तन भयको आइडिएस नेपालका सामाजीक परिचालकहरुले बताएका छन ।
बिध्यालय स्तरमा साबुनपानीले हात धुने बानी ब्यबाहार परीबर्तन र बिध्यालय स्तरमा बाल कल्ब गठन गरि हरेक शुक्र बार सरसफाइ कार्यक्रम संचालनमा नियमितता दिएको सामाजिक परिचालक तेज बहादुर शाहीले बताएका छन । बिध्यालय भित्र फोहोर ब्यवस्थापन गरि र बाल मैत्री धारा तथा शौचालय मर्मत सम्बन्धि जनचेतना दिनुका साथै सरसफाइ क्षेत्रमा संस्थाले काम गरीरहेको जिल्ला संयोजक खनालको भनाइ रहेको छ ।
बिध्यालय शौचालय तथा धारा फोहोर ब्यबस्थापन गर्नुका साथै बिध्यालयमा दिवा खाजा खादा खानु अघि साबुन पानीले हात धुने बानीको बिकाशका लागि संस्थाले महत्पुणर् योगदान पुर्याएको स्थानीयले बताएका छन ।
समुदाय टोल छरछिमेक जादा सधैं शौचालयमा साबुन राखेको र साबुन पानीले हात धुने बानीको बिकाश गर्न बिभिन्न अभियान संचालनका साथै स्वास्थ्य सरसफाई साम्रगीहरु पनी बितरण गरेको आइडीएस नेपालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार