शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • भ्रष्टाचारीले महलमा होईन,जेलमा बस्नुपर्छ:

भ्रष्टाचारीले महलमा होईन,जेलमा बस्नुपर्छ:

  • मङ्लबार, साउन १२, २०७८
भ्रष्टाचारीले महलमा होईन,जेलमा बस्नुपर्छ:

 (अर्थ जङ्ग शाही) — बिश्वभर कोरोना भाइरसको संक्रमण लाई लिएर चिन्ता र चासो बढिरहेको समय मा नेपाल ले मुलुक लकडाउन गरेर नियन्त्रण तथा रोकथाम का लागि पहल त गर्यो तर यहि शुन्यता मा चरम भ्रस्टाचार को मौका मा चौका हान्न पनि पछि परेन ।

नमस्ते म देशप्रेमी छोरो तर यस्ले तपाइलाई के फरक पर्छ र ? तर म तपाईंहरु मध्य एक हुँ यसले फरक पर्छ ! म यदी कुनै धनी वर्ग बाट हुन्थे या कुनै अपराधि, गुन्डागर्दी हुन्थे भने सबैले मलाई मन्चमा बोलाएर फुलामाला पहिरिदै स्वागत सम्मान गर्थे मलाई आफ्नो पार्टी मा जोड्थे तर यहाँ म जस्ता देशप्रेमी युवाहरुलाई अनादेखी गर्छन सताउछन र डराउछन पनि किनकी म देशप्रेमी छोरो हुँ त्यस्ले होइन म तपाइहरु मध्य एउटा देशभक्ती युवा हुँ त्यसैले यिनिहरु देशभक्ति, देशप्रेमी सँग डराउछन तपाइको ताकत सँग डराउछन तपाइको शक्ती सँग डराउछन अब समय आएको छ तपाइले तपाइको आफ्नो शक्ती प्रयोग गर्ने बेला।

हामिलाई बिखण्डन होइन एकता चाहिएको छ धर्म जातियता होइन राष्ट्रीयता चाहिएको छ हामिहरु यही त चाहन्छौ बस्ने लायकको एउटा सुन्दर अनि शान्ति देश होस एउटा इमान्दार देशभक्ती युवा के चाहन्छ?

न्याय को पक्षमा भ्रष्टाचार विरुध्द एक मुठी सास रहुँन्जेल संघर्ष गरि रहने मेरो कथन छ। नेपालमा भ्रष्टाचार कहां हुन्छ भन्नुभन्दा पनि कहां हुंदैन र, को कसबाट भएको छ भन्ने भन्दा पनि को,भ्रष्टाचार मुक्त छ भन्नुपर्ने अवस्था छ । भ्रष्टाचारी जो भए पनि जति नै पहुंचका भए पनि कडा कारबाही होस्। हामीले दुख गरि कमाएको पैसा,त्यही माथि एकएक रुपैयाँ कर तिरेको पैसामा कसैले मोज गर्न खोजेपछि देश नै भाँडिने छ।।

चर्चामा

सम्बन्धित समाचार