बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के नेपालीहरु अकालमै मर्न जन्मिएका हुँन?

के नेपालीहरु अकालमै मर्न जन्मिएका हुँन?

  • आइतवार, साउन १०, २०७८
के नेपालीहरु अकालमै मर्न जन्मिएका हुँन?

सुरेशकुमार पान्डे — अन्तरराष्ट्रीय विमान स्थलमा बिदेश बाट बाकसमा बन्द भएर देशका नौजवानको लाश भित्रिन्छ।यो दिश्य कत्तिको दर्दनाक अबस्थाहो बयान गरेर साध्यछैन।नेपाली मूलका शन्तान संसारका कुना कुनामा गएर अकालमा मरेकाछन तर पनि हाम्रो सरकारलाई उनिहरु प्रति दिने अफ्शोचका दुई शब्द समेत छैन।धिकारछ यो देशका यि नेता भनाउँदाहरुलाई।बिदेशमा पशु पंक्षिको पनि बिमा हुन्छ एउटा पंक्षिलाई चोट लाग्यो भने डाक्टरमा लगेर उपचार गराईन्छ।तर नेपालीहरु पुशु पंक्षि भन्दापनि तल्लो स्तरका भयकाछौँ।
१८१५/१६तिर भयको गोर्खा भर्तिकेन्द्रले गर्दा बृटिश भारतको लागि लड्दै मर्दै त गरेकै थिए तर समय बित्दै जाँदा संसारका कयौँ देशहरुमा गएर अकालमै मर्नु परेको कुरा जग जाहेरछ।यो नेपालीको दुरदशा दिनौ बढ्दै गएकोछ।मात्र खान र लगाउँनको लागि आ-आफ्ना बाल बच्चाको स्यार सुसारका लागि,आमा बाको उपचारका लागि तन्नेरी छोरा बिदेशको धर्तिमा मर्छ अनि त्यसको लाश ति बुढा बुढी आमा बाको काखमा आई पुग्दा त्यो बृद्धा अबस्थाका बा र आमालाई कस्तो भयकोहोला?के हाम्रो देशको सरकारले अनुभव गर्न सक्छ ?नेपालीहरुको पनि सरकाररैछ भनेर कुनै देशले भन्न सक्छ?पक्कै पनि सक्दैन।
नेपालीहरु बिदेशमा पशुतुल्य जीवन यापन गरेकाछन।सबैले भन्दा धेरै काम तुच्छ भन्दा पनि तुच्छ काम र जोखिम पुर्ण काम सबैले भन्दा कम ज्यालामा गर्न बाध्य बनाईएकोछ।तै पनि अशुरक्षितछन अपहेलितछन किन?हाम्रो देशका नालायक नेताहरु बिदेशका दलाल मन्त्रीहरुले भन्नसक्छन।उनिहरुको लाछि स्वाभाब दलालि मानसिकताले गर्दा आफ्नो शन्तानको बिदेशमा यस्तो अबस्थाछ।
सरकारलाई रेमिटेन्स भए पुग्छ मन्त्रीलाई कमिसन भए पुग्छ,मैनपावरले सक्या सम्म लुट्छन काम दिलाउँने बहानामा लुटेर घरबार बिहिन गराउँन कसर छाड्दैनन्।कयौँ लाई दिल्लि मुम्बै लगेर अलपत्रपारेका पुरुश र कयौँ महिला समेतको सामाजिक संगठनहरुले उद्धार गरेकाछन।सामाजिक संस्थाहरु नभयको ठाउँमा कसैलाई मानिश कता गयो त्यो पनि थाहाहुँदैन।के नेपालीहरु अकालमै मर्न जन्मेका हुँन?यो प्रश्नको उत्तर सरकार सँग छकिछैन?संसारले त नेपालीहरुको तमाशा हेरेकोछ उपहाशका श्रोत भएकाछौँ हामी।
बिदेशमा गएका नेपालीहरुको लाश फर्किएपछि बल्ल थाहा पाउँछौँ हामिले।हाम्रा शन्तान घर नफर्किएकाको त लेखोजोखोनै हुँदैन।जिउँदो मोर्दो केकसोछ कुनहालमाछ पत्तैलाग्दैन।
छिमेकि मुलुक भारतमा दिनौ दिन नेपालीहरु कति आए कति फर्किए कति हराए त्यसको कुनै लेखो जोखोछैन।हामिले हाम्रो संगठनको नजरमा परेकाहरुलाई त उद्धार गरेकाछौँ।कयौँ मालिकहरुले सानैबाट आफ्नो घरमा कजाएर त्यो त्यहि घरमा बँधुवा मज्दुरबनेर बसैको दसौँ साल सम्म बिना तलब कजाएको कयौँ फेला पारेका थियौँ।कयौँलाई बर्सौ काम गराएर पछि तलब माग्दा चोरिको आरोपमा झेल हालेका कयौँ घटनाहरु पनि भेटिए।जिउँदै तन्दुरमाहलेर मारेका,बोरिमा बाँनेर नहरमा फालेका यस्ता कयौँ घटनाहरु भेटिए।मान्छेलाई मारेर कुखुराको फारमभित्र गाडेको पनि हामिले निकालेर हत्याराहरुलाई जेल हाल्यौँ।यस्ता तमाम घटनाहरु हुनेगर्छन।
जँहा समाज संगठन बलियोछ त्यँहा घटनाहरु भएपनि न्याय मिलेकोछ तर जँहा संगठनछैन उनिहरु असंगठितछन त्यँहा घटना घटेका पनि कसैलाई जानकारीनै हुँदैन।
नेपाल र भारतको खुला सिमाना बेरोक टोक आवत-जावतले गर्दा कयौँ अप्राधी भारतबाट नेपाल गएर लुक्ने कयौँ नेपाल बाट भारत आएर लुक्ने पनि हुँदै आएकोछ।भारतमा काम गर्ने कुनै नेपालीले कसैको घरबाट चोरिगरेर भाग्छ भने सबै आस पासका नेपालीहरुलाई धरपकड गर्ने प्रसाशनमा लगेर पिटाउँने आदि गर्छन।तर दिनौ नेपालबाट ठगेर भाग्नेहरुको खोजखबर छैन।खुलेआम ठगेर बसेका हुन्छन उन्लाई केहि भन्न सक्दैन।भारत बाट भागेर नेपालगएर त्यँहाको नागरिकता प्राप्त गरेर बसेका पनि भेटिन्छन।अहिले नेपालमा बिदेशबाट मूश्लिम समुदायहरुको चाप ह्वात्तै बढेकोछ।भोलिका दिनहरुमा भारतलाई बहाना मिल्नेछ नेपालको स्वतन्त्रता माथि आकारमण गर्ने।आउँने दिनमा पाकिस्तानका घुसपेटियाहरु लाई सरण दिएको भनेर नेपालमा आकारमण गर्ने छिमेकिलाई बहाना मिल्नेछ।किन भने धेरैजसो मूश्लिम समुदायको रिलेशन पाक सँग हुनपनि सक्छ।हामिले नेपाली मूश्लिमको कुरागरेका छैनौँ मात्र घुशपेटियाको बारेमा भन्न खोजिएकोहो जस्लाई अन्याथा नलिनुहुन अनुरोध गर्दछुँ।
हाम्रो लागि कुनै जातको मुख्यहोईन तर देशलाई भबिश्यमा आउँने सम्भाबित खतराको बारेमा अहिले देखिनै सतर्क रहनुपर्छ।
अबका दिनहरुमा बिदेशको सरकारी नोकरीको लागि होईन आफ्नै देशमा काम गरेर जीवन यापन गर्ने बाताबरण सरकारले बनाउँनुपर्छ।आज बिदेशको कुल्लि कर्मि भएर भाडाका फौजी भएर अरुको लागि अकालमा मर्नु भन्दा आफ्नै देशमा गोठालो भएर गाई भैँशी पालेर दुःख सुख्ख जीवन धान्न सक्नुपर्छ।हाम्रो देशको सरकारलाई जनता पर्तिको कुनै सरोकारछैन देशको मायाँछैन।मात्र रेमिटेन्सि र कमिसनमा ऐयासि गर्ने गरेकाछन।त्यसैको परिणाम आज नेपालीहरुको लाश बन्द बाकसमा फर्किने गर्दछ।
यो दर्दनाक अबस्थालाई न्युन गर्न बिदेशि कामको लागि राहदानिको सट्टा मर्नुनैछ भने देशभित्रै लडौँ राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको लागि शंर्घष गरेर आफ्नो देशमा आफ्नै देशको लागि रक्षक भयर आन्दोलन गरौँ।आज सोशिल मिडियाहरुमा बन्द बाकसमा फिर्ता भएका लाशले यहि प्रश्न तेर्छाएकोछ”के नेपालीहरु अकालमै मर्न जन्मेकाहौँ?

चर्चामा

सम्बन्धित समाचार