बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब देश लाई देशभक्तको सरकार चाहिन्छ,

अब देश लाई देशभक्तको सरकार चाहिन्छ,

  • आइतवार, साउन १०, २०७८
अब देश लाई देशभक्तको सरकार चाहिन्छ,

अब देश लाई देशभक्तको सरकार चाहिन्छ,
देशका गद्धारको घांटीशेर्ने तलवार चाहिन्छ।

तराई पहाड र मधेशी सयौ जात जाति लाई,
अब उप्रान्त आफ्नै देशमा रोजगार चाहिन्छ।

आमूल परिवर्तन गर्नैपर्छ देशभित्र अतिभयो,
किसान मज्दुर लाई आफ्नै घरबार चाहिन्छ।

ए लेखक र बुद्धिजीवी देशको हितमा लेखौँ,
देश र गणतन्त्र को लागी खबरदार चाहिन्छ।

आत्मानिर्भर बनाउँ देशलाई अब सबै मिली,
त्यत्तिकै बन्दैन देशलाई पनि सुसार चाहिन्छ।

नेताहरु चुनावमा आस्वासन बांट्नेछन फेरी,
चुप्प नलाग्नु अब लिखित ब्यबहार चाहिन्छ।

हिमालका पहाडी र मधेशी कोई छैनौँ पाराई,
अखण्ड बन्न लाई त आपसमा प्यार चाहिन्छ।
सुरेशकुमार पान्डे!

चर्चामा

सम्बन्धित समाचार