शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आरोपनै आरोपको यो बर्षातले क्रान्ति हुँदैन,

आरोपनै आरोपको यो बर्षातले क्रान्ति हुँदैन,

  • शनिबार, साउन ९, २०७८
आरोपनै आरोपको यो बर्षातले क्रान्ति हुँदैन,

आरोपनै आरोपको यो बर्षातले क्रान्ति हुँदैन,
गालि गलौचको सदै अनमातले क्रान्ति हुँदैन।

आकाश तर्फ फर्केर कसैले पनि न थुके हुन्छ,
आपस मा गरेका दुई दुई हातले क्रान्ति हुँदैन।

लाजै नमानी एकले आर्कालाई तंतं मम गर्छौ,
झुट्ठा आरोप अनि तित्ता बातले क्रान्ति हुँदैन।

सक्छौ भने ईमानदार भएर आउ स्वागतनै छ,
थोत्रा कुरा र अराजकता जातले क्रान्ति हुँदैन।

बर्गशंर्घषको लागि फुट होईन जुटेर हिँड्नुपर्छ,
आरोप प्रतिआरोपका दिनरातले क्रान्ति हुँदैन।

जुट्नैपर्छ प्लेटफारममा क्रान्तिकारी भए पछि,
ताना तान गर्ने आपसी असातले क्रान्ति हुँदैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार