शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीमा लोकसेवा सम्बन्धी २० दिने कमाण्डो क्याम्प संचालन हुँने

सदरमुकाम मार्तडीमा लोकसेवा सम्बन्धी २० दिने कमाण्डो क्याम्प संचालन हुँने

  • बिहिबार, साउन ७, २०७८
सदरमुकाम मार्तडीमा लोकसेवा सम्बन्धी २० दिने कमाण्डो क्याम्प संचालन हुँने
फाइल तस्बीर

 बाजुरा — सरकारी सेवामा प्रवेश तपाईको मिहेनत हाम्रो सहकार्य भन्ने मुल नाराका साथ २० दिने लोकसेवा कमाण्डो कोर्ष सन्चालन हुने भएको छ । सदरमुकाम मार्तडीमा सरकारी सेवामा प्रवेश तपाईको मिहेनत हाम्रो सहकार्य भन्ने नारा साथ लोकसेवा कक्षा संचालन गरिने भएको हो ।
लकडाउनको चपेटामा परेर लोकसेवा आवेदन गरेका व्यक्तिहरूका लागि एक अवसरका रुपमा सो तालिमको आयोजना गर्न लागेको जनाएको छन । जिल्ला बाहिर जान नपर्ने र आफ्नै जिल्लामा लोकसेवा आयोग कोर्ष सन्चालन गरी बाजुराका युवाहरुलाई सरकारी जागिरमा उन्मुख गराउने उदेस्यका साथ सो तालिमको आयोजना गर्न लागेको बिर बहादुर बिष्टले बताएका छन ।
२०७८ साउन ९ गतेबाट ना.सु./ खरिदारको २० दिने कमाण्डो कोर्ष सन्चालन हुने भएकोले लोकसेवाको तयारीमा लागेकाले सो कार्यक्रममा सहभागी हुन बिष्टले सामाजिक संजाल मार्फत अनुरोध गरेका छन । कोभिड १९ को संक्रमण जोखिम कायमै रहेकोले २० जना भन्दा बढीलाई समावेश नगराइने हुदा पहलिो लाई पहिलो सेक्शन र दोस्रो सेक्शनका आधारमा संख्या कायम गरि कक्षा सन्चालन गर्ने बताएका छन ।
लोकसेवा परक्षा नजिकिदै गरेकोले लोकसेवा आवेदन गरेका ईच्छुक व्यक्तिहरूले सम्पर्क ९८४८५२३९६४बर बिष्ट अथवा ९८६२४७९२०७ बिजय कुमार साहीको सम्पर्क नम्बरमा सम्र्पक गरी आबेदन दिन र ९ गते देखी तालिम संचालन गरिने बताएका छन ।
लोकसेवा तालिम कक्षा सन्चाललन सदरमुकाम मार्तडीमा रहेको बाल मन्दीर विद्यालय हुने जनाईएको छ । सो कक्षा संचालन ब्यबस्थापनका लागि केही शुल्क समेत तोकिएको बिष्टले सामाजिक संजाल फेशबुक मार्फत जानकारी गराएका छन ।

चर्चामा

सम्बन्धित समाचार