बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति

  • मङ्लबार, साउन ५, २०७८
कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित अनुमति

काठमाण्डौ — कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ।

कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए। सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ।

आज बेलुका ५ बजे बस्ने बैठकले परीक्षा सञ्चालनको मिति तोक्ने सम्भावना रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए।

यही महिनाको अन्तिम वा भदौ १ गतेदेखि परीक्षा सञ्चालनको तयारी भइरहेको छ। कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन्। गएको जेठमा तय गरेको परीक्षा कोभिड–१९को सङ्क्रमण उच्च भएपछि स्थगित भएको थियो।

कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ। बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो।

चर्चामा

सम्बन्धित समाचार