शनिबार, बैशाख ८, २०८१

तिजि संग्रह

  • आइतवार, साउन ३, २०७८
तिजि संग्रह

जनक बि सि

उखान टुक्का हालेर धेरै बाेलि गई हाल्याे ,,
बाेल्दा पनि नबुझीने मानिस आई हाल्याे ।
उठ दिदी उठ बहिनी जुरुक्क उठन , आफ्नो हक लिनलाई कम्मर कसन । ३ ,,,,,,,,,,,,

बलात्कार हत्या बढेर महिला धेरै धरापमा ,
राज्ययन्त्र संयन्त्र नै बढी खराबमा , उठ दिदी उठ बैनि जुरुक्क उठन आफ्नो हक लिनलाई कम्मर कसन ।

फेसबुकले बनायाे समाज धेरै प्रताडित ,
छाेरि जाति नबिग्र देउ भयो धेरै पिर ।
उठ दिदी उठ बैनि जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन ।३——-

अरु देशका मानिसहरु मङ्ल ग्रहमा पुगिसके ,
हाम्रो देशकाे शाषकहरु चाेर बनिरहे ।
उठ दिदी उठ बैनि जुरुक्क उठन , आफ्नो हक लिनलाई कम्मर कसन । ३ ——–

देशका युवा शक्ति भरि विदेशमा पलान भए ,
विदेशकाे रेमिटान्सले देश चलाउने भए ।
उठ दिदि उठ बैनि जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन ।३———

प्रवासिएका नागरिकको राेजगारि ब्यवस्था गर ,
गणतन्त्रको राज्ययन्त्रमा
केही प्रगति त गर ।
उठ दिदि उठ बैनि जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन ।३———

ओलि धेरै बाेलेर देश प्रतिगमन गरि रर्‍याे ,
रास्ट्रियता गणतन्त्र धर्मनिरपेक्षता धरापमा पारि दियाे ।
उठ दिदी उठ बैनि जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन ।३——-

सर्बोच्चले न्यायलयकाे कानुनी राज दियाे ,
गणतन्त्रमा देश बचाउने
जनताको जित भयाे ।
उठ दिदी उठ बैनि जुरुक्क उठन , आफ्नो हक लिनलाई
कम्मर कसन ।३———

देशै भरि चारै किल्ला सिमाना मिच्या छ ,
खुल्ला सिमाना आवा जावतले देशै कब्जा छ ।
उठ दिदी उठ बैनि जुरुक्क उठन, आफ्नो हक लिनलाई कम्मर कसन ।३——–

प्रतिगमन खतम हाेईन खतरा बढया छ ,
राजतन्त्रको प्रतिनिधि बालुवाटार पस्या छ ।
उठ दिदी उठ बैनि जुरुक्क उठन , आफ्नो हक लिनलाई कम्मर कसन । ३——-

गणतन्त्रलाई रक्षा गर्दै संघियतालाई खारेज गराै ,
प्रजातन्त्रलाई बिकेन्द्रिकरण गरि जनतालाई अधिकार देउ।
उठ दिदी उठ बैनि जुरुक्क उठन , आफ्नो हक लिनलाई कम्मर कसन । ५ ——-

चर्चामा

सम्बन्धित समाचार