शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

  • आइतवार, साउन ३, २०७८
दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ

काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार