बुधबार, बैशाख १२, २०८१

खौफ!लघु कथा!

  • आइतवार, साउन ३, २०७८
खौफ!लघु कथा!

सुरेशकुमार पान्डे– आमा त्यो गुण्डा त फेरि छुट्यो भन्छन हाम्रा स्कुलका माष्टरले उनि आफै पनि धेरै डराएकाछन।हामिहरुलाई साबधान रहनु भन्थे!कान्तिले डराउँदै आफ्नो आमा सँग भन्छिन।त्यो सुनेर को अप्राधी छुट्यो?आटो कसौडिमा चलाउँन छाडेर ! मलिकाले प्रश्न गर्छिन मानौँ उन्लाई यसबारेमा केहि जानकारी छैन।
त्यो मंगल जस्ले हाम्रा बाबालाई जिउँदै पोलेको होअरेनी बिर्शिनु भयो?कता-कता बाट यस्ता कुरा सुन्छे यो कान्तिले आफ्नो पढाईमा ध्यायन दिनुपर्छ छोरी यस्ता कुरामा होईन जो हुनुथ्यो भयो भाग्यको खेला कस्ले रोक्न सक्छ!भन्दै कान्तिलाई उस्को आमाले सम्झाउँछिन।तर भित्रभित्रै आगो भने उनैको मनमा पनि दनदन बोलेको हुन्छ।
के गर्नु सबैथोक सहेर पनि बाँच्नै पर्ने भन्दै मनैमनमा गुनगुनाउँछिन।
मलिका को लोग्ने लगाएतकालाई एउटा नेताले जिउँदै जलाएको भनेर त्यो ब्याक्तिलाई बडो मुस्किलले छोपेर जेलमा हालेका थिए।उस्को खिलाफ सबै सबुतहरु संकलन गरेर उस्लाई जेलभित्र राखेर सजाए दिँदै थिए।तर यो पुँजिवादी राजनीति यस्तैत होनि जस्को पास धन हुन्छ,राजनीतिक बल हुन्छ त्यसैलाई जेगरेपनि छुट हुन्छ।हिँजो त्यो सत्रहजार मान्छे मारेको पनि त कतै लेखा जोखा छैन।
मलिका..ए मलिका-भन्दै बाहिर बाट दिनुले कराई रहेका थिए तर मलिका कुनै बिचारमा सुन भएकि थिईन। मलिका..के भयो ?एक्कासि कानैमा कोई आएर बोलेको जस्तो लाग्यो र उनि जुरुक्कै उठेर बाहिर आईन,हजूर ..केईपनि त भयकोछैन!नमस्ते बाजे भन्दै दुई हात जोडिन तर बोल्न सकिनन् मुटुमा गाँठो पय्रो आँखा रसाए!दिनुले मलिकाको अबस्थालाई राम्रैगरि महेशुर्ष गरेका थिएँ।
आखिर केहि बर्ष पहिले त्यो पापिले निर्दोश आजमलाई जिउँदै पोलेको दिनुकै आँखाले देखेका थिए।उनैले गरेको उजुरि पछि त्यो ब्याक्तिलाई जेल भयको थियो।एक फल्ट दोसि करार भएपछि पनि पैसा र सत्ताको बलमा त्यो फेरी छुटेको थियो। मलिका न रोउ हिम्मत राख भन्दै उभ्भिएकै अबस्थामा फरक्कै फर्किन्छन र बस भन्दै दिनु बाटा लाग्छन।
पेटिमा बसेर मलिकाले आँसु बगाउँदै थिईन उस्का आसुका थोपाहरुमा आजमको तस्विर देखिन्थ्यो त्यो आगामा पोलिँदैको कहालि लाग्दो दृश्य।
आमा!बाहिर कान्तिको आवाज सुनियो उ जोड्ले चिच्याउँदै थिई!आमा!मलिकाले आफ्ना बगि रहेका आँशु पुच्छदै बाईर आउँदा उस्को पैताला मुनिको जमिन खिस्कियो!नजीकै दुईटा राक्षेशहरु जस्तै देखिने एउटा मंगलेको भाई काले र आर्को उसैको साथि लाले उभिएको थियो!कान्ति तर्फ कालेको अश्लिल दृष्टिले नियाल्दै थियो।
काले तेरो यो हिम्मत तँ मेरा घर सम्म आई पुगिस?निक्ले यँहा बाट भन्दै मलिका चिच्याईन उन्को आँखामा ज्वाला थियो नजिकै पेटिमा खुकुरी देखेपछि काले अलि सम्लिदै,काकी हामि त त्यत्तिकै आएका थ्यौँ तिम्रो हाल चाल सोध्न भनेर त्यँहा बाट खिस्किन्छ।
त्यो गएपछि बल्ल मलिकाको नजर त्यो खुकुरिमा पर्छ तर एकछिन मलिका गहिरो सोँचमा पर्छिन आखिर यो खुकुरि त हाम्रो होईन आखिर यो कस्ले ल्यायो!अनुमान लगाउँन सकिनन त्यो खुकुरि टिपेर उस्को धारमा हात लगाउँछिन त्यो खुकुरि बिलेट जस्तै धारिलो थियो।
आज गाउँमा पुरै बेचेनि छाएको थियो कयौँ डरले सुतेका थिएनन् त कयौँलाई आक्रोशले निद्रा लागेको थिएन।मलिकाले आफ्नो छोरीको अनुहार तिर कालेले नियालेको त्यो अश्लिलता तिर ध्याय जान्थ्यो।एका तिर त्यो खुकुरी आर्को तिर काले र लालेको अनुहार उन्को आँखामा घुमिरहेको थियो।
निन्द्रा नलागेपछि मलिका आफ्नो छोरीको चौका तिर आएर बसिन कान्तिलाई पनि निन्द्रा लागेको थिएन त्यो डराएकि थिई हात खुट्टा छामेर कान्तिलाई सुत छोरी किन निन्द्रा लागेन आज तिमिलाई?भन्दै उस्को कपाललाई समसमाउँछिन!कान्ति उठेर बस्छे आमा छोरीको मनमा एउटै समस्या थियो त्यो डर ति राक्षेशहरुको जस्ले हिँजो एउटा सोजो बाउ जिम्मेदार लोग्ने र होनहार नागरिकलाई जिउँदै पोलेको थियो।जो आज जेल बाट अनमुक्ति पाएर आउँनेवाला थियो।आखिर त्यो आएपछि यो गाउँमा फेरि आतङ्क फैलिनेछ।निर्दोशहरुको आगनिमा आँसुको बलेनि चुनेछ।
आमा त्यो मेरा बाबाको हत्यारालाई कानूनले माफि दियो भन्छन तर के हजूरले र मैले त्यो हत्यारालाई माफि दिन सकौँला?कान्तिले गम्भिर प्रश्न गर्छे त्यो एस्तो प्रश्नथियो त्यसको उत्तर अहिले खामुशी मात्र थियो।मनले चाहेको त त्यो राक्षशलाई माफि होईन त्यसको सिर कलम गर्छु भन्ने मनथियो त्यो पनि चिच्चाएर तर के गर्ने यो बेलाको अबस्था भित्रभित्र रिसलाई मारेर नया जुक्ति खोज्ने तिर्फ तल्लिन थिईन मलिका र मुखले नबोलेपनि कान्तिले बिस्तारै त्यो राक्षशलाई मारेर आफ्नो बाबालाई न्याय दिने मन थियो।
आमा त्यो खुकुरी धेरै धारिलोछ .है.त्यो काँ राख्नु भयो?किन छोरी के तिमिले..ल्याएकि हौँ?हो आमा हाम्रो शुरक्षाको लागि ति गुण्डाहरु त्यत्तिकै भागेका होईनन् आमा हजूरको नजिकमा त्यो चम्किएको खुकुरी देखेपछि भागेका हुँन।यो दुनियाँले कसैलाई दया र मायाँ गर्दैन तर आफ्नो प्राण सबैलाई प्यारो हुन्छ!कान्तिले आमाको आखा सँग आफ्नो आखाँ जुधाउँदै भन्छे।
त्यो कान्तिको कुरा अहिले मलिकाको हृदयमा पसेको थियो।हो अब मेरो छोरी पनि ठुलि भैसकेकि रैछ।आखिर कतिदिन राक्षेशको हालि मुहाली चल्ला?एकदिन त उस्को पनि अनत्य निश्चितछ।भन्दै मनैमनमा गनगन गर्दै छोरीको काखमा उनि निदाईन।तर यस्तो लाग्दथ्यो आमाले आफ्नो जिम्मा अब छोरीको काँधमा राखिन।अलिबेर आमालाई निदाई रहेको नियाल्दै उन्को कपालमा मसमसाउँछे कान्तिले अनि उठेर त्यो टाँडमा राखेको खुकुरी सिरानिमा राख्छे।उस्लाई ठुलो जिम्मा पुरागर्नु थियो।बाबाको रिण चुक्ता गर्नु थियो आमा र आफ्नो रक्षागर्नु थियो।

चर्चामा

सम्बन्धित समाचार