शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका ७ ले गर्यो बार्षिक प्रगती समिक्षा

बडिमालिका नगरपालिका ७ ले गर्यो बार्षिक प्रगती समिक्षा

  • शनिबार, साउन २, २०७८
बडिमालिका नगरपालिका ७ ले गर्यो बार्षिक प्रगती समिक्षा

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ को कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वडामा भए गरेका कामहरुको बार्षिक प्रगति समिक्षा कार्याक्रम गरेको छ । वडापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्ने गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूणर् लेखा जोखा सार्वजनिक गरेको हो ।
वडाबाट संचालन गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । वडा सचिव टिका प्रसाद उपाध्यायले संचालन गरेको कार्यक्रमको अध्यक्षता बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।
कार्यक्रमको स्वागत वडा सदस्य धनलाल पाध्यायले गरेको कार्यक्रमका बार्षिक समिक्षाका बिषयमा वडा अध्यक्ष धर्मराज पाध्यायले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
बार्षिक प्रगती समिक्षा कार्यक्रममा वडामा रहेका बिकाश साझेदार संथा गुड नेभरस इन्टरनेशनलले पनी आफ्नो कार्यक्रमको बारेमा जानकारी दिएको वडा सदस्य धनलाल पाध्यायले बताएका छन । कार्यक्रममा वडा सदस्यहरु कार्यपालिका सदस्यहरु वडामा रहेका कर्मचारी टोल समितिका संयोजक तथा पदाधिकारीहरु वडामा रहेका सबै बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरु बिद्यालयका प्राधानाध्यापक कर्मचारी, राजनितिक दलका प्रमुख तथा प्रतिनिध,संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा बाट संचालन भएका कार्यक्रमहरु राम्रो भएको भन्दै कार्यक्रममा उपस्थिती सबैले अनुमोदन समेत गरेका छन । वडाबाट संचालन गरिएका कार्यक्रमहले गाउँमा धेरै राम्रो भएको बन्दै स्थानीय जनप्रतिनिधीहरुलाई धन्यबाद समेत ब्यक्त गरेका छन ।
समिक्षा कार्यक्रममा आएका केही गुनासो तथा सुझावहरुलाई आगामी बर्ष पुरा गर्ने गरी कार्यक्रम गर्ने जनप्रतिनिधीहरुले प्रतिबद्धता दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार