बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बझाङको थलारामा रहेको कुमारी बैकमा गुणस्तरीय नेट नहुँदा आर्थिक कारोबारमा समस्या ।

बझाङको थलारामा रहेको कुमारी बैकमा गुणस्तरीय नेट नहुँदा आर्थिक कारोबारमा समस्या ।

  • बुधबार, असार ३०, २०७८
बझाङको थलारामा रहेको कुमारी बैकमा गुणस्तरीय नेट नहुँदा आर्थिक कारोबारमा समस्या ।

शिवजी मण्डेल / बझाङ — गुणस्तरीय नेट नहुँदा थलारा गाउँपालिकामा रहेको कुमारी बैंक शाखामा समस्या भएको छ । वर्षातका कारण नेट नचल्ने तर असार मसान्तमा लाखौंको आर्थिक कारोबार गर्नुपर्ने हुँदा बैंकमा समस्या भएको हो । ४० हजारको चेक लिन ८ दिन कुर्नु परेको र योजनाको धेरै रकम आतेजातेमा सकिएको थलारा गाउँपालिका – १ का पदम किमाडीको गुनासो रहेको छ । उनको मात्र होइन थुप्रै योजनाका उपभोक्ता समितिलाई यस्तै समस्या रहेको छ ।हिजो अस्ति सदरमुकाम चैनपुरमा जाँदा लाग्ने भन्दा बढी खर्च थलारामा बैंकबाट सेवा लिँदा लाग्ने गरेको सेवा ग्राहीको गुनासो रहेको छ ।

बैंकमा गुणस्तरीय नेटवर्क नभएको नेपाल टेलिकमको नेटवर्क मौसममा भरपर्ने भएकाले वर्षातका कारण घाम नलाग्दा कारोबारमा समस्या भएको कुमारी बैंक थलाराका शाखाका ओप्रेसन कुलदिप साउँदको भनाइ रहेको छ । उनको भनाइमा अहिले थलारा गाउँपालिकाका २ सयभन्दा बढी चेकहरू जम्मा गर्ने चाड लागेको छ । असार मसान्त भित्र ती चेकहरू जम्मा गरिसक्नुपर्ने भएकाले बैंक दिनरात नभनी लागेको छ ।
गुणस्तरीय सेवा दिने हो भने बैंकमा तत्काल राष्ट्रिय प्रसारण लाइन र भरपर्दो टेलिफोन नेटवर्क हुनु आवश्यक रहेको ओप्रेसन साउँदले बताए ।

चर्चामा

सम्बन्धित समाचार