बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • दाङमा एक युवकमाथि खुकुरी प्रहार

दाङमा एक युवकमाथि खुकुरी प्रहार

  • मङ्लबार, असार २९, २०७८
दाङमा एक युवकमाथि खुकुरी प्रहार

मंगलबार बिहान दाङको एक जिम क्लब भित्र एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

मंगलवार बिहान साढे ६ बजेको समयमा तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई खुकुरी प्रहार गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको र खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार