सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • रगत र पसिनाको पनि आर्को हकदार आउँछ,

रगत र पसिनाको पनि आर्को हकदार आउँछ,

  • मङ्लबार, असार २९, २०७८
रगत र पसिनाको पनि आर्को हकदार आउँछ,

रगत र पसिनाको पनि आर्को हकदार आउँछ,
यो जीवनमा किनहोला अनौठो संसार आउँछ।

आफ्नो जीन्दगि समेत अर्कैको अमानत सम्झी,
आफु अचानो बन्नैपर्ने यो कस्तो आधार आउँछ।

कयौँ पल्ट मैले आफ्नै सरिरको रगत दिदा पनि,
पुगेन प्राणनै लिन्छु भनी आफ्नै औतार आउँछ।

यो रगत र पसिनाको डिलर पनि बिजनिश हुँदा,
उनै सँग मानवको अङ्ग-अङ्गको ब्यपार आउँछ।

सरकार जो जस्ले छाने पनि के मत्लबछ देशमा,
बागडोर छोप्न भनि साम्राज्यवादको यार आउँछ।

सबै एउटै बारीका मूला भएर त होला सदैभरीनै,
सबैले भन्छन मेरो सरकार आए निखार आउँछ।

जान्छ देशमा पहिरो पुरिन्छन मानिश निर्दोशहरु,
त्यस पछि तमाशा हेर्नलाई त्यो सरोकार आउँछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार