बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

  • सोमवार, असार २८, २०७८
पेटमा ग्यास भरिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडौं — जीवनशैलीमा आएको परिवर्तनसँगै मानिसको खानपिन पनि बदलिएको छ। बेस्सरी मसला हालेको खाना खाएर एसिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर नडराउनुस्, पेटमा ग्यास जम्ने समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपाय छन्।

१. अमला तपाईँलाई एसिडिटीको समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम पुग्छ।

२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस् । ग्यासको समस्या तत्काल निको हुन्छ।

३. तुलसीका पात तुलसीका पातले रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछन्।

४. बेसार दहीमा बेसार मिसाएर खाँदा ग्यासको समस्या भाग्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।

५. जिरा कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन।

चर्चामा

सम्बन्धित समाचार