शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किए

ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किए

  • आइतवार, असार २७, २०७८
ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किए

कैलालीमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किएका छन्।

जिल्लाको चुरे गाउँपालिका सल्लेरी डाँडा नजिक अत्तरियाबाट पाटनतर्फ जाँदै गरेको से१च १७५७ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको सुपप्र ०१००८ प ६२२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका -८ शिवनगरका २२ वर्षीय अशोक सापकोटा गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ट्याक्सी र मोटरसाइकल इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार