शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धार्मिक
  • २०७८ साल असार २६ गते शनिबारकाे राशिफल

२०७८ साल असार २६ गते शनिबारकाे राशिफल

  • शनिबार, असार २६, २०७८
२०७८ साल असार २६ गते  शनिबारकाे राशिफल

वि.सं.२०७८ साल असार २६ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई १० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–औंशी,बिहान ०५ बजेर ५७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पुनर्वशु, बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त तिष्य । योग– व्याघात,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त हर्षण । करण– नाग,बिहान ०५ बजेर ५७ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन,बेलुकी ०६ बजेर ३९ मिनेट उप्रान्त कर्कट ।

काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी २० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा शुभचिन्तकको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । साँझपख समय मध्ययम रहेकोले घर जग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समय लगाएर गरीएको कामको नतिजा तपार्ईँको पक्षमा नआउने हुनाले मन दुखी हुनेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । साँझको समय राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगती गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् । साँझको समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानीले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हातलागी हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । साँझको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा दैनिक कामगर्दा ध्यान दिनहोला अप्रिय निर्णयको शिकार होईयला । लामो दुरिको धार्मिक यात्रा भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरूको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । साँझको समय राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचे जस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ । साँझको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गर्ने अवसर आउनेछ । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोज मुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपार्ईँको काममा आर्थिक सहयोग हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मिहिनेत गरे अनुशार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन प्रशस्त समय खर्चनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ । मायाप्रेममा एक अर्का बीच नचाहँदा नचाहँदै छुट्टिनु पर्दा नरमाइलो महशुस हुनेछ । राजनीति तथा समाजसेवामा नाताको आलोचनात्मक समर्थन रहनेछ । साँझको समय राम्रो रहेकोले ऋण, रोग, तथा सत्रुबाट छुटकारा पाईनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । छाती सम्वन्धी समस्याले न सताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

तपाईँ दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार