शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • किन यति अत्याचार

किन यति अत्याचार

  • शुक्रबार, असार २५, २०७८
किन यति अत्याचार

हाम्रो देशमा किन यति अत्याचार हुन्छ,
महिला माथि हिन्शा र बलतकार हुन्छ।

बिड्मबनाहो महिला माथि योस्तो हुँदा,
नारीको हातमा देशको कार्यभार हुन्छ।

बोल्न सक्नु भैन सम्मानिय किन होला,
साच्चै क्रतब्य भन्दा कुर्चिमा प्यार हुन्छ।

महिलाहरुले धेरै आश गरेका थिएहोला,
केथा उन्लाई यो ब्यबस्थानै बिमार हुन्छ।

जन्मे देखुन नमर्दा सम्म कामको जिम्मा,
तर समपत्तिमा पुरुश मात्र हकदार हुन्छ।

यही पुँजिवादी पुरुश प्रधान समाज भित्र,
पुरुशको आश्रृतमा नै बाच्ने आधार हुन्छ।

हाम्रो देशमा छोरी र यो नेपाल आमा माथि,
सदियौँ देखुननै किन यस्तो ब्यबहार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार