शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे सदरमुकाम जाेड्ने साँफे – मार्तडी सडक पुनःअवरुद्ध

बाजुराकाे सदरमुकाम जाेड्ने साँफे – मार्तडी सडक पुनःअवरुद्ध

  • बिहिबार, असार २४, २०७८
बाजुराकाे सदरमुकाम जाेड्ने साँफे – मार्तडी सडक पुनःअवरुद्ध
फाइल तस्वीर

साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ। गएरातिको वर्षापछि पहिरो जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो। बाजुरा प्रहरीका अनुसार २ ठाउँमा पहिरो गएको छ। लामो समयदेखि बन्द सडक केही दिन पहिले सुचारु भएको थियो। पुनः पहिरो गएपछि बाजुरा सडक सम्पर्कविहीन भएको छ। लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि बुधबार राति बाट सडक अबरोध भएको छ । सडकको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।
बुधबार देखी आएको वर्षाले द्धारीमा पहिरो गएपछि बिहिबार बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । सडक अबरोध भएपनि खुलाउनका लागि  पहल भईरहेको प्रहरीले जनाएको छ । ठाँउ ठाँउमा पहिरो गएर आवत जावतमा समेत निकै समस्या भएको स्थानीयले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार