शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सशस्त्रका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

सशस्त्रका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

  • मङ्लबार, असार २२, २०७८
सशस्त्रका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

गृह मन्त्रालयले सशस्त्र प्रहरीका एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीले बैठकले डीआईजी बढुवा सिफारिस गरेको हो ।

सशस्त्रमा डीआईजी हुनका लागि सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज गरेको हुनुपर्छ । धौबजी र न्यौपानेले सो तालिम गरेका छन् ।

बढुवा समितिको सिफारिस मन्त्रिपरिषदबाट स्विकृत हुनुपर्छ । डीआईजी बढुवाका लागी एसएसपीहरु कालिदास धौबजी, विदुर खड्का, कुमार न्यौपाने, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक प्रतिस्पर्धामा थिए ।

चर्चामा

सम्बन्धित समाचार