शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • जिप दुर्घटना एकको मृत्यु, चार घाइते

जिप दुर्घटना एकको मृत्यु, चार घाइते

  • मङ्लबार, असार २२, २०७८
जिप दुर्घटना एकको मृत्यु, चार घाइते

कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार विहान दुर्घटना भएको थियो ।

दुर्घटनामा ३६ बर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उक्त, जिप रास्कोटबाट जितेगढा बजार आउँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। १२ जना सवार जिप ओरालो सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार