शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा शारिरिक रुपमा अशक्त नागरिकको घरमै पुुगेर नागरिकता बितरण

बाजुरामा शारिरिक रुपमा अशक्त नागरिकको घरमै पुुगेर नागरिकता बितरण

  • मङ्लबार, असार २२, २०७८
बाजुरामा शारिरिक रुपमा अशक्त नागरिकको घरमै पुुगेर नागरिकता बितरण

बाजुरा — त्रिबेणी नगरपालिका वडा नम्मर -४ का ४१ वर्षीया टेक साउँदलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । अपांगता भएका साउँदलाई सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले घरमै पुगेर नागरिकताको प्रमाण पत्र वितरण गरेका हुन् ।
अपांगता भएका टेक साउँद हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
अपांगता भएका छोरालाई घरमै सहायक सिडीयो पुगेर नागरिकता प्रदान गरेकोमा निकै खुशी लागेको टेक साउँदका बुबा धनजीते साउँदले बताए ।
उनले भने सानै देखि पारिवारिक समस्यका कारण कामको सिलसिलामा छोरो भारत गएको थियो पहिलो भेरिएन्टको कोरोना महामरीको कारण छोरा घर आएको हो । पहिला भारतमै बढी जाने भएकोले नागरिकता बनाउन पाएन ।
पाँच महिना पहिले जंगलमा घाँस काट्न गएको समयमा रुख ढलेर टेक साउँदको ढाडमा लागेर ढाड भाँचिएको हो । शारिरिक रुपमा अशक्त भएपछि बर्षातमा बोकेर सदरमुकाम लिन गाह्रो भएकाले सबै काजजातहरु जिल्ला प्रशासन कार्यालयमा इमेल गरे पछि सहायक प्रमुुख जिल्ला अधिकारीले सोमबार घरमै आएर नागरिकताको प्रमाण पत्र दिएको त्रिबेणी नगरपालिकाका ३ का वडा अध्यक्ष मीन बहादुर भण्डारीले बताए ।
साउँद अशक्त भएर घर बाहिर निष्कने अवस्था नभएको र यातायात बढी पहिरोका कारण बन्दले गर्दा बोकेर जिल्ला सदरमुकाम मार्तडी ल्याउन नसकीने अवस्था रहेकाले आफु नागरिता लिएर अशक्त साउदको घरमै पुगेर नागरिकता दिएको साहयक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । कर्मचारीको जनातका सेवक हुन यती दुखी पिडितको समस्या बुुझेर सेवा गर्न पनि सेवा गर्नु आफ्रनो जिम्मेबारी रहेको भण्डारीले बताए । अशक्तलाई बोकेर ल्याउ भन्दा आफै समय मिलाए सम्बन्धित ब्यक्तिलाई दिदा समस्यको समधान सही तरीकाले हुने आफुलाई लागेको भण्डारीले बताए ।
टेक साउँदका १ छोरा १ छोरी श्रीमती र बुढा आमा बुवा छन् । बिबाह दर्ता र श्रीमतीको नागरिकता पनि बनेको छैन् । अब वडा कार्यालयमा बिबाह दर्ता गरेर श्रीमतीको नागरिकता बनाउन पहलमा लागेको वडा अध्यक्ष भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार