सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मज्दुरी गरी डिग्रि पास गराए छोरा छोरी

मज्दुरी गरी डिग्रि पास गराए छोरा छोरी

  • सोमवार, असार २१, २०७८
मज्दुरी गरी डिग्रि पास गराए छोरा छोरी

बुढा बुढि मर्न लाई हताश त्यतिकै भएनन्।
जीन्दगी सँग समेत उदाश त्यतिकै भएनन्।

मज्दुरी गरी डिग्रि पास गराए छोरा छोरीको,
बिना लगानीका यिनी पाश त्यतिकै भएनन्।

जता कतै रिणनै रिण छ बाचुन त कसो गरी,
बृद्धा अबस्थामा नै उपहाश त्यतिकै भएनन्।

छोरा छोरीले बिहेगरेर आ-आफ्नै बाटो नापे,
यो बेला मा दुःखहरु खाश त्यतिकै भएनन्।

बच्चाहरुको पालान पोषणमा जीवन बित्यो
आज पनि यो रिणको राश त्यतिकै भएनन।

अपहेलित भएर पनि त बाच्नै पर्यो बृद्धाहरु,
अन्तिम बेला जिउँदा लाश त्यतिकै भएनन।

चर्चामा

सम्बन्धित समाचार