शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • लागुऔषध सहित एकजना प्रहरीको नियन्त्रणमा

लागुऔषध सहित एकजना प्रहरीको नियन्त्रणमा

  • शनिबार, असार १९, २०७८
लागुऔषध सहित एकजना प्रहरीको नियन्त्रणमा

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालका बर्ष २८ का नविन तिवारी हुन् ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानबाट उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्तीले ती व्यक्तिको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध (ब्राउन सुगर ) फेला परेको बताए ।

त्यसपछि उनको घर कोठा समेत खानतलासी गर्दा बेडको सिरानी मुनी ३ पुडिया लागू औषध (ब्राउन सुगर) फेला परेको थियो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार