शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • गाउँमै कुटानी पिसानी मिल संचालन पछि महिलाको कार्यबोझ घट्दै

गाउँमै कुटानी पिसानी मिल संचालन पछि महिलाको कार्यबोझ घट्दै

  • शनिबार, असार १९, २०७८
गाउँमै कुटानी पिसानी मिल संचालन पछि महिलाको कार्यबोझ घट्दै

बाजुरा — जगन्नाथ गाउँपालिकाको वडा न १ पैंगाउको प्रगतीशिल सामुदायीक संस्थाद्धारा कुटानी पिसानी मिल संचालनमा ल्याए संगै महिलाको कार्यबोझ घटेको छ । समूह सहकारीको मुख्य मर्म भनेको नै समुहको हित हुने साझाका कामहरू गर्नु हो भन्ने उदेस्यका साथ सो मिल संचालनमा ल्याएर त्यहाका महिलाहरुको कार्यबोझ कम गराउने रहेको हो । जगन्नाथ गाउपालिका वडा नं १, मा गठन भएको प्रगतिशिल सामुदायिक संस्थाका २८ जनाले मासिक रू १० का दरको जम्मा गरेको रकमले पैंगाउले कुटानी पिसानी मिल राखेर समुदायलाई प्रत्यक्ष पाइदा पुर्याएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए । मिल बाट डाँडाबाडा, पैंगाउ, डिमरगाउँ, दलितटोल, काप्री र कोटिकाका जनताले प्रत्यक्ष लाभ प्राप्त गरेको जोशीले बताए ।
बिगतमा घट्ट पिस्नका लागि एक दिनको समय छुट्टयाएर सिरेतोला, पिलुचौर, साउनेगाउँ र दैंया जानु पर्थो हाल गाउँमै मिल संचालनमा आएसंगै यहाका महिलाहरुले धेरै राहत पाएको स्थानीय एक महिलाले बताइन । मिल स्थापना पश्चात् सहज हुनुका साथै उक्त मिल स्थापनामा रू ४ लाख ७० हजार खर्च भएको र एक जना कर्मचारी राखेर सेवा संचालन गरिएको समितिका अध्यक्ष छबिलाल बोगटीले बताए । आजभोली प्रति दिनमा ४ क्विन्टल सम्म पिठो र चामल पिस्न र कुट्न सकिने गरेको अध्यक्ष बोगटीले बताए ।
त्यहा कोदो,गहुँ पिसेको प्रति के.जि रू ४ र मकै र धान कुटेको प्रति के.जि रू ५ रुपैया लिने गरेको अध्यक्ष बोगटीले बताएका छन । उनका अनुसार सो कु्टानी पिसानीबाट उठेको केही रकम कुटानी पिसानी मिलमा रहेका कर्मचारीहरु र केही प्रतिशत संस्थामा जम्मा गर्ने गरेको बोगटीले बताएका छन ।मिल स्थापनाले गर्दा महिलाको समयको बचत हुनुका साथै सामाजिक हिंशामा कमि आएको समितिका अध्यक्ष छविलाल बोगटीले बताए ।

चर्चामा

सम्बन्धित समाचार