शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

  • शुक्रबार, असार १८, २०७८
जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

बारामा जंगली हात्तीको आक्रमणबाट एकजना अधबैंसे पुरुषको मृत्यु भएको छ । ​हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ बर्षीय रामदेव पटेलको आज बिहान मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका पटेललाई बिहान करिव पौने आठ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

उक्त हात्तीलाई नियन्त्रणमा लिनका लागि राष्ट्रिय निकुञ्ज र प्रहरी टोली प्रयासरत रहेको डिएसपी मिश्राले जानकारी दिए ।

जङ्गल क्षेत्रबाट करिब १५ किलोमिटर टाढा जिल्ला सदरमुकाम कलैया नजिक गएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार