शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • थलारा गाउँपालिकाले असार २० देखि २२ सम्म प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर सञ्चालन गर्ने

थलारा गाउँपालिकाले असार २० देखि २२ सम्म प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर सञ्चालन गर्ने

  • बिहिबार, असार १७, २०७८
थलारा गाउँपालिकाले असार २० देखि २२ सम्म प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर सञ्चालन गर्ने

शिवजी मण्डेल बझाङ–थलारा गाउँपालिकाले व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ताका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
जन्म मृत्यु विवाह बसाइँसराइ र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको नयाँ दर्ता लगत कट्टा तथा गुनासो दर्ता सम्बन्धि सेवाका लागि गाउँपालिकाले प्रत्येक ९ वटै वडाका २५ स्थानमा शिविर सञ्चालन गर्ने भएको हो ।
थलारा गाउँपालिकाले असार २० देखि २२ गतेसम्म संगै प्रत्येक वडामा शिविर सञ्चालन गर्ने भएको हो । पंजीकरण शाखा Mis शेर बिष्टले दिनुभएको जानकारी अनुसार व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई व्यक्तिगत गर्ने उदेश्यले हरेक वडाका पायक पर्ने २ देखि ३ वडा स्थानमा शिविर सञ्चालन हुनेछ ।

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता सुदृढीकरण शिविर वडापालिका र गाउँपालिकाका कर्मचारी खटिने छन् । नयाँ आर्थिक वर्षदेखि व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता विवरण अनलाइनबाट दर्ता गरिने भएकोले छुटेका सबैलाई शिविर मार्फत दर्ता गर्ने लागिएको गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार