शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बुधबार, असार १६, २०७८
गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्वरको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षक दासका अनुसार, मृतक चालकको सनाखत भने हुन सकेको छैन । जीप सडकबाट करिब ७० मिटर तल राप्ती खोलामा खसेर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको उनले बताए ।

दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उक्त दुर्घटनामा बाराको माहागढीमाई नगरपालिका वडा नम्वर–४ बस्ने केदारनाथ थारु गम्भीर घाइते भएका छन् ।

घाइते थारुलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार