शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ

झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ

  • मङ्लबार, असार १५, २०७८
झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ

झापाको दमकबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ ।

सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ६ थाना रोडमा शंकास्पद अवस्थामा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्षीय सौरभलाई खानतलासी गर्दा लागुपदार्थ जस्तो देखिने लेसाइलो बस्तु प्लास्टिक बाहेक २ ग्राम फेला पारेको थियो ।

 

उनीहरुलाई सोधपुछको क्रममा आफुहरुले उक्त ब्राउन सुगर चुलाचुली ४ घर भई हाल दमक ५ बस्ने ३१ बर्षीय बिक्रम राई र ३७ बर्षीय जेम्स भनिने खगेन्द्र सावाँ लिम्बुबाट खरिद गरेको भन्ने बयानको आधारमा निजहरुको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रहरीले चुलाचुली स्थित बिक्रमको घरबाट ५ ग्राम र खगेन्द्रको घरबाट २.३ ग्राम लागुपदार्थ समेत गरि ९.३ ग्राम लागुपदार्थ र ३ थान मोबाइल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार