सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • जातै ‘माओबादी’ हो कहाँ एमाले हुनु : मिलन

जातै ‘माओबादी’ हो कहाँ एमाले हुनु : मिलन

  • सोमवार, असार १४, २०७८
जातै ‘माओबादी’ हो कहाँ एमाले हुनु : मिलन

निमेन्द्र शाही — माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएको हल्ला थियो। तर एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमीटी सदस्य मनला खत्री मिलनले भने आफु एमालेमा नगएको बताएका छन्।
मिलनले आफ्नै शब्दमा भनेः-‘हामी बाहुन क्षेत्री ब्रामण हैनौं हाम्रो जातनै माओबादी हो। कसरी एमाले हुँन सक्छौं त्यो कुरा कल्पना पनि गर्न सकीन्न।,केही समय नेकपामा बिबाद हुँदा पार्टी भित्र सल्लाह गर्न पर्छ भन्ने कुरा उठाएको हो हामी एमाले भएका हैनौं, स्वभाबिक रुपमा कम्यूनिष्ट पार्टीमा बहस छलफ हुन्छन् यसलाई नबुझ्नेहरुले अफबाह फैलाएका हुन्।’
उनले थपेः‘म साथीहरु संग छलफलमानै छु।, पार्टीका साथीहरु संग गाउँमा छलफलमा छु।, माओबादी पार्टी कसरी बलियो बनाउँने भन्ने अभियानको थालनी गरी रहेको छु। बजारमा भन्नेहरुले के भनेका छन् थाहा छैन। द्धन्द्धमा आमा बुवाले भनेको कुरा त मानिएन अरुका कुरा कहाँ मान्नु।, खासमा जिल्लाका एमालेका नेता संगत कुरा हुँदैन केन्द्रका केपीओली संग आफ्नो काम छोडेर काहाँ कुरा गर्न जानु।’
अदालतको निणर्य पछि माओबादी छोडेकाहरु पछिल्लो समय पछुतोमा परेका छन्। उनिहरु माओबादीमा फर्कीने क्रम चलेको देखीन्छ।

चर्चामा

सम्बन्धित समाचार