शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • गाँजासहित एक जना पक्राउ

गाँजासहित एक जना पक्राउ

  • सोमवार, असार १४, २०७८
गाँजासहित एक जना पक्राउ

बारा प्रहरीले १५ किलो गाँजासहित पर्साका एक जनालाई पक्राउ गरेको छ। गाँजासहित प्रहरीले पर्साको पकहा मैनपुर गाँउपालिका वडा नम्बर १ निवासी राजमहम्मद मियाँ हजामलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले चेकजाँच गर्नेक्रममा मियाँलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको जनाईएको छ। पक्राउ परेका मियाँलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार