शुक्रबार, अशोज १, २०७८
  • होमपेज
  • समाचार
  • सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

  • आइतवार, असार १३, २०७८
सुधार गृहबाट भागेका तीन जना बालक पक्राउ

विराटनगरको बालसुधार गृहको तेस्रो तलाबाट हामफालेर फरार भएका तीन जना बालक पक्राउ परेका छन् ।

शनिबार बिहान चार जना बालक फरार भएका थिए । फरार भएको केही समय पछि एक बालक पक्राउ परेका थिए भने अन्य तीन जना फरार थिए ।

मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङका अनुसार तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको हो ।

जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजायको फैसला भइसकेका सोलुखुम्बु घर भएका एक जनालाई भाग्दै गरेको अवस्थामा तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सङ्खुवासभा, उदयपुर र झापा घर भएका तीन बालक फरार भएका थिए । उनीहरुको खोजीमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीको विशेष टोली खटिएको थियो ।

आइतबार बिहान पक्राउ परेका दुई जना जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि कैद सजाय भुक्तान गरिरहेका बालविज्याइँकर्ता हुन् । अदालतले एक जनालाई १२ र एक जनालाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको थियो । एक जनालाई भने विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएपछि सुधारगृहमा ल्याएर राखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार