शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

  • आइतवार, असार १३, २०७८
दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

काठमाण्डौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ।

थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको आज मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते खड्काको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ सो दुर्घटनामा रामेछापका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन्।

घाइते खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक खड्का नेपाल विद्यार्थी सङ्घका नेतासमेत हुनुहुन्छ । प्रहरीले ट्रक चालक हिरालाल बललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार