बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • आन्तरिक पर्यटकको गन्तब्य बन्दै बिरे खोला झरना फोटो फिचर

आन्तरिक पर्यटकको गन्तब्य बन्दै बिरे खोला झरना फोटो फिचर

  • शनिबार, असार १२, २०७८
आन्तरिक पर्यटकको गन्तब्य बन्दै बिरे खोला झरना फोटो फिचर

पदमबहादुर सिंह/बाजुरा — सदरमुकाम मार्तडीबाट सबै भन्दा नजिकको पर्यटकीय गन्तब्यका रुपमा रहेको बिरेकोला घुम्न जाने आन्तरिक पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । झरना वरपर केही नयाँ संरचना बने पश्चात थप पर्यटकहरु जाने गरेका छन । यो भन्दा अगाडीका दिनहरुमा गुुमनाम रहेको बिरे खोला झरना स्थानिय तह संचालन पछि प्रचारमा आउन थालेको स्थानियको भनाई रहेको छ । बिरेखोला झरना हिउँदको महिना होस या बर्षाको समयमा सबै भन्दा बढि पर्यटकहरु शनिबार भयो की त्यहाँ त्यहाँ पुग्ने गर्दछन । बडिमालिका नगरपालिकाले सबै भन्दा नजिकको पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न बजेटको ब्यबस्थापन र घुम्न जाने पर्यटकलाई ब्यबस्थित गर्न बडिमालिका नगरपालिका र प्रदेश सरकारबाट बजेटको ब्यबस्था पछि बिरे खोला झरनाको आर्कषण बढ्दै गएपछि थप पर्यटकहरुका लागि आर्कषणको केन्द्र बन्दै गएको छ ।

No description available.
यो बर्ष डिभिजन बन कार्यालय, बडिमालिका नगरपालिका र बडिमालिका सामुदायिक बनको संयूक्त लगानीमा झर्ना प्रबेशद्धार, साईटमा सिडी, पुल, फलामका रेलिङ निर्माण गरिएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुुवालले बताए ।
गुमनाम रहेको झरना संघ प्रदेश सरकारसंगको सहकार्यमा नगरपालिकाले पनि ब्यबस्थापनमा लागेको नगर प्रमुख बडुवालले बताए । यो आर्थिक बर्षमा प्रबेशद्धार, सिडी, रेलिङ, पुल लगाएतका संरचना निर्माण गर्यौ, यो बर्ष नगरपालिकाले ५ लाख बजेट बिनियोजन गरेको छ । त्यो बजेटले क्षेउछाउमा बृक्षारोपण गर्ने बडुवालले बताए । संघ र प्रदेशले सहयोग गरे झरनालाको मुनी ड्याम बाँधेर ताल बनाउने योजना रहेको मेयर बडुवालले बताए ।

No description available.
झरनालाई ब्यबस्थित गर्न कार्य योजना बनाएर पछिल्लो बर्ष देखी थप आर्कषक र केही नयाँ नियम लागु गरिने बताए । अवलोकन गर्न जानेहरुलाई थोरै भएपनि प्रबेश शुुल्क लिने र त्यो शुल्क बाफतको रकमले झरना ब्यबस्थित गर्न सहज हुने मेयर बडुवालको भनाई छ । कार्य योजना बनाएर ब्यबस्थापनको लागि सामुदायिक बन वा वडालाई जिम्मेवारी दिईने नगर प्रमुख बडुवालले बताए ।
लामो समयको निषेधाज्ञाले घर भित्रै गुुम्साहाट भएका स्थानियहरु निषेधाज्ञा केही खुुकुुलो भएपछि बिरेखोल हेर्न जाने आत्तरिक पर्यटकको लर्को लाग्न थालेका छन् ।

No description available.
करीब १ सय मिटर अग्लो झरनाको मनोरम दृश्य र भीर मौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । अघिल्ला बर्षहरुमा धेरै प्रचारमा नरहेको झरना ब्यबस्थापन नभएको झरना अबलोकन गर्न यो बर्ष देखी सयौको संख्यामा अबलोकल गर्न आउने गरेका बिरेखोला होटेल ब्यबसाय गर्दै आएका बिरबहादुर साउद बताउछन् । अघिल्लो बर्षमा केही तन्नेरी युवा यूूबतीहरु मात्र छिटफूट घुम्न आउनुहुन्थ्यो यो बर्ष रेलिङ, सिडी बनेपछि अबलोकन गर्न सजिलो भएकोले बालबालिका बृद्धबृद्धाहरु पनि आउने गरेका छन् ब्यापारी साउँदले बताए । खोल्सीको पानी करिव दुई सय ५० मिटर माथिबाट भुइँमा पछारिँदा कपडाको भुवा जस्तै देखिन्छ भने टाढाबाट हेर्दा त झन दुधको झरना जस्तै आकर्षक र मनोरम लाग्छ ।

No description available.
बिरेखोला झरना बडिमालिका नगरपालिका ६,८ र ९ को सिमानामा अवस्थित छ ।  झरना नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँ छन । सदरमुकामबाट सहजै पैदलयात्राबाट पनि झरना अबलोकन गर्न सकिन्छ सदरमुकामबाट करीब एक घण्टाको पैदल दुरीमा पुुगिन्छ । पैदल हिडेर पुुगेका पर्यटकहरु झरनाको मनमोहोक दृश्यले थकाइ नै बिर्सिन्छन । कुनै यातायातका साधानहरुमा गए जम्मे सदरमुकाम मार्तडीबाट ६ किलोमिटर अर्थात १५ मिनेटमा बिरेखोला झरनासम्म पु्ग्न सकिन्छ । झरनाको मध्य भागमा २४ घण्टा नै आकर्षक सप्तरंगी इन्द्रेणीको दृश्य हेर्न पाइन्छ । अग्लो झरनामा लाग्ने इन्द्रेणीले घन्टौँ बितेको पत्तै हुँदैन । दिउँसोको घामको किरणले ईन्द्रणी कुनै बेला झरनाको बिचमा लाग्छ कुुनै बेला साईटमा लाग्छ त कुनै बेला झरनाको मुनी तीर लागेको हुन्छ । यहाँ पुग्ने मध्ये अधिकांशले झरनामा लागेको इन्द्रेणीको दृश्यावलोकन गर्न घण्टौँ समय बिताउछन ।

No description available.
कसरी पुग्ने ?
बिरेखोला झरना रमाउनेका लागि आकर्षक गन्तव्य हो । सदरमुकाम मार्तडीबाट ६ किलोमिटर पक्की सडकमा १५ देखी २० मिनेटमा पुग्न सकिन्छ । मार्तडी बजारबाट करिव एक घण्टा पैदल हिँडेपछि पनि झरना स्थल पुग्न सकिन्छ । छोटो दुरी र रमाइलो लागि झरना उत्कृष्ट गन्तव्य हो ।

No description available.
झरना नजिकैबाट साफेँ मार्तडी पक्की सडक भएकोले झरना अबलोकन गर्न सजिलो छ । झरनाको तिरैमा गाडी राखेर २ मिनेटमै झरनाको फेदीमा पुगिने गरेको छ ।

No description available.
सडकबाट झरना सहजै देखीने गरेको छ । स्थानीय सरकारले झरनाबारे जानकारीमूलक सूचना बोर्ड प्रवेशद्वारमै राखीदिने हो भने घुम्न आउने पर्यटकका लागि सहज हुने स्थानीयले बताएका छन्  । सो झरनाको दृस्याअवलोकन गर्न छिमेकी जिल्ला अछामबाट पनि सहज रुपमा पुग्न सकिन्छ । अछामबाट ५१ किलोमटिमा बिरेखोला झरना भएको ठाउँ पुग्न सकिन्छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार