बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनि सहकारी बैंकको सेवा बिस्तार, बाजुराका दुइ सहकारीले पाए मान्यता

बाजुरामा पनि सहकारी बैंकको सेवा बिस्तार, बाजुराका दुइ सहकारीले पाए मान्यता

  • शनिबार, असार १२, २०७८
बाजुरामा पनि सहकारी बैंकको सेवा बिस्तार, बाजुराका दुइ सहकारीले पाए मान्यता

बाजुरा — राष्ट्र्रिय सहकारी बैंकले आफ्नो सेवा बाजुरामा पनि सञ्चालन गरेको छ । बाजुराका प्रख्यात सहकारी संस्था त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि‍‍. बडिमालिका ८ मार्तडी र जनकल्याण बहुउद्येश्यी सहकारी संस्था लि. बुढिगँगालाई एकै साथ लगानी गरी आफ्नो सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिए ।
सहकारी मार्फत सदस्यलाई ब्यबसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुुर्‍याउने उद्येश्यले सहकारी बैंकले पहिलो पटक बाजुरामा सेवा थालनी गरेको शाखा प्रमुख रावलले बताए । प्रथम पटकलाई जिल्लाका दुुई संस्थालाई शुक्रवार पचास-पचास लाख रुपैंया विना धितो ऋण लगानी गरेको हो । सहाकारी संस्था प्रवद्र्धान कार्यक्रम अन्तरगत उक्त ऋण लगानी गरेको बताइएको छ ।
एक हजार रुपैंयाको शेयर ,पाँच सय रुपैंया प्रवेश शुल्क गरी जम्मा पन्ध्रसय रुपैंयामा जुनसुुकै सहकारी संस्था ले पनि उक्त बैंकको सदस्य बन्न पाउने प्राब्धान छ । धनगडी शाखमा हाल ३५० बढी सहकारी संस्थाहरु उक्त बैकको सदस्य रहेका छन् । एक अरब भन्दा बढि रकम ऋण लगानी गरेको शाखा प्रमुख रावलले जानकारी दिएका छन ।
आन्तरिक बचत परिचालन बाट शेयर सदस्यको मागलाई धान्न नसकेको अवस्थामा सहकारी बैंकबाट विना धितो ऋण लगानी गरी सहकारी बैंकले बाजुरामा पनि सेवा विस्तार गरेको मा खुशी छौं । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष अशोक रावलले बताए ।

चर्चामा

सम्बन्धित समाचार