बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • जेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

जेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

  • शुक्रबार, असार ११, २०७८
जेष्ठ नागरिकलाई भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिइने छ ।

सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिइएको थियो ।
डा गौतमका अनुसार भेरोसेलको पहिलो डोज लगाएका जेष्ठ नागरिक ३ लाख ७० हजार छन् ।

भेरोसेलको पहिलो डोज लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत दोस्रो डोज दिइने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार