सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका नवाैँ गाउँसभा सम्पन्न, कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधारलाइ प्राथमिकता

जगन्नाथ गाउँपालिका नवाैँ गाउँसभा सम्पन्न, कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधारलाइ प्राथमिकता

  • बिहिबार, असार १०, २०७८
जगन्नाथ गाउँपालिका नवाैँ गाउँसभा सम्पन्न, कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधारलाइ प्राथमिकता

“कृषि,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार ” भन्ने मुल नारा सहित जगन्नाथ गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले ब्यानर पढेर उदघाटन गरेका थिए । गाउँसभामा २०७७।२०७८ को बार्षिक प्रगति प्रतिवेदन,हाल सम्मको खर्च विवरण,नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न गर्नुका साथै गाउँपालिकाको योगदानमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान सहित पुरुस्कृत गरिएको गाउँपालिकाका प्रधान मन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन ।

जसमा पुरस्कृत हुनेमा संञ्चार क्षेत्रबाट बडिमालिका अनलाइन खबर, बिध्यालय क्षेत्रमा भवानी आधारभुत विद्यालय, साँगितिक क्षेत्रबाट देबन्द्र राज गिरी, शिक्षकहरुको तर्फबाट भक्त बहादुर आले गाउँपालिकाको उत्कृष्ट कर्मचारीको तर्फबाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैर रहेका छन ।

त्यसै गरी  आम्दानी तर्फः संघीय सरकार बाट प्राप्त बित्तिय समानिकरण अनुदानमा रु.७ करोड ९२ लाख,सर्शत अनुदानमा ¬(¬चाल) रु ८ करोड ८७ लाख, सशर्त अनुदानमा (पुजिगत) रु ७३ लाख, बिशेष अनुदानमा रु २ करोड १७ लाख,समपुरक अनुदान मा रु ५३ लाख, राजश्व बाँडफाडमा रु.५ करोड ५२ लाख प्राप्त भएको र त्यसैगरि प्रदेश सरकार बाट बित्तिय समानिकरण अनुदानमा रु.५३ लाख ७७ हजार,बिशेष अनुदानमा रु.२५ लाख,समपुरक अनुदानमा ४९ लाख ३४ हजार र राजश्व बाँडफाडमा रु ९ लाख ५ हजार प्राप्त भएको जनाएकाे छ । गाउँपालीका बाट उठ्ने अनुमानित आन्तरिक आम्दानी रु १६ लाख ८० हजार ,अल्या रकम आ.ब.०७७/०७८ को रु १ करोड ३० लाख गरी जम्मा आय (रु २८ करोड ५७ लाख ९६ हजार मात्र । सामाजिक सुरक्षा कोषको रकम यसमा समाबेश गरिएको छैन अनुमान गरिएकोमा सोहि परिधि भित्र रही बिभिन्न शिर्षकहरुमा रकम बिनियोजित गरेकोगाउँपािलकाले जनाएकाे छ ।
बिनियोजित खर्च तर्फः विनियोजित गरिएको रकम मध्य रु.६ करोड ३७ लाख ८५ हजार रकम चालु खर्च तर्फ बिनियोजित गरेको छ । संघीय सरकार बाट प्राप्त शर्सत अनुदान (चालु) रु. ८ करोड ८७ लाख र शर्सत अनुदान (पुँजिगत) ७३ लाख जसरी प्राप्त भएको छ । त्यही अनुसार खर्च गर्ने गरि सभामा पेस गरेको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताएका छन । यस बाहेक संघ बिशेष मार्फत रु.२ करोड १७ लाख,संघ समपुरक मार्फत रु.५३ लाख,प्रदेश बिशेष मार्फत रु.२५ लाख,प्रदेश समपुरक मार्फत रु.४९ लाख ३४ हजार र समानिकरण पुँजिगत को रु.९ करोड १५ लाख ७७ हजार गरि जम्मा रु १२ करोड ६० लाख ११ हजार पुँजिगत विकास कार्यक्रम तर्फ विनियोजित गरेको अध्यक्ष शाहीले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार