मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा जगन्नाथका शाही उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटीदै

बाजुरा जगन्नाथका शाही उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटीदै

  • बिहिबार, असार १०, २०७८
बाजुरा जगन्नाथका शाही उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटीदै

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिकाका वडा न ६ का बर्ष २९ का नबिन शाही किड्नीको समस्याका कारण बिर अस्पतालको शैयामा छटपटाई रहेका छन ।
उपचारका लागि बिर अस्पतालामा लामो समयदेखी रहेका शाहीको पारीवारीक समस्याका कारण उपचारमा समस्या भएको उनका आफन्त राजकुमार बिक्रम सिहंले बताएका छन । शाहीको दुइटै किड्नी फेल भएको कारण उपचारमा बढि खर्च लाग्ने र परिवारमा आयस्रोत नभएकाले समस्या भएको सिहंले बताएका छन । आर्थिक समस्याका कारण घरमा भएको सम्पती बेचेर र आफन्त सङ्ग सहयोग मागेर पनि उपचार हुन नसकेको उपचारत नबनि शाहीले बताएका छन । आर्थिक अभावका कारण हाल काठमाडौमा उपचार्थ रहेकाले आफ्नो ज्यान बचाउन शाहीले सहयोगको अपिल गरेका छन । घरमा उनका एक छोरी र एक छोरा नाबालक रहेको उनले बताएका छन । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भएको शाहीले बताएका छन ।
सुरुमा उनले सुर्खेतको अस्पतालमा धेरै उपचार गरे तर उनलाई अस्पतालले सकिदैन भनेर घर पठायो । घरपरिवारले थप केही गरेर बचाउन सकिन्छकी भनेर काठमाण्डौँ लगेको उनका आफन्तले बताएका छन । तर अहिले उनि बिर अस्पतालको शैयाबाट सहयोगको माग्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार