• होमपेज
  • विचित्र संसार
  • पृथ्वीमा कति छन् चरा ? अध्ययन भन्छ- ४ खर्ब २८ अर्ब

पृथ्वीमा कति छन् चरा ? अध्ययन भन्छ- ४ खर्ब २८ अर्ब

  • बिहिबार, असार १०, २०७८
पृथ्वीमा कति छन् चरा ? अध्ययन भन्छ- ४ खर्ब २८ अर्ब

पृथ्वीमा चराको संख्या कति होला ? सायद धर्तीमा भएका सबै चराहरु गन्न असम्भव हुन्छ । तर, हालै वैज्ञानिकहरुले एक अध्ययनमार्फत् पृथ्वीमा भएका चराहरुको संख्याको अनुमान लगाएका छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा चराको संख्या ५० अर्बदेखि ४ खर्ब २८ अर्बसम्म रहेको छ ।

अष्ट्रेलियाको न्यू साउथवेल्स विश्वविद्यालयका शोधकर्ता कोरे क्यालागनको नेतृत्वमा भएको उक्त शोध हालै प्रोसिडिंग्स अफ द युएस नेशनल एकेडेमी अफ साइन्सेस पत्रिकामा प्रकाशित भएको छ ।

शोधकर्ताहरुले इ-बर्डको तथ्यांक तथा एल्गोरिदमको सहयोगमा उक्त आकलन गरेका हुन् । इ-बर्डमा विश्वका ६ लाख नागरिक वैज्ञानिकका डाटा सुरक्षित छन् ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीमा भएका पन्क्षीहरुमध्ये सबैभन्दा धेरै घरपालुवा पन्क्षीहरु छन् जसको संख्या १ अर्ब ६० करोड छ।
त्यस्तै १ अर्ब ३० करोड युरोपेली मैना छन् भने एक अर्ब २० करोड सामुदि्रक पन्क्षी रिंग बिल्ड गल रहेका छन् । अरब बार्न स्वालो प्रजातिका चराचाहिँ एक अर्ब १० करोड रहेका छन् ।

न्युजिल्याण्डको राष्ट्रिय पन्क्षी किबीको संख्या ३ हजारमा समेटिएको छ भने मडागास्करमा पाइने मेसाइट चराको संख्या अब जम्मा एक लाख ५४ हजार मात्र बाँकी छ ।

शोधकर्ताहरुका अनुसार विश्वमा पछिल्लो चार दशकमा ४० प्रतिशत चराका प्रजाति लोप भैसकेका छन् ।
एजेन्सी

चर्चामा

सम्बन्धित समाचार