शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • युरोकपको नकआउट चरणमा को– कोसँग भिड्दैछ ?

युरोकपको नकआउट चरणमा को– कोसँग भिड्दैछ ?

  • बिहिबार, असार १०, २०७८
युरोकपको नकआउट चरणमा को– कोसँग भिड्दैछ ?

बुधबारबाट युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । र, अब यो प्रतियोगिता अन्तिम १६ अर्थात् नकआउट राउन्डमा पुगेको छ । अब, एकपछि अर्को टोली क्रमशः बाहिरिदैं जानेछन् । र, दुई टिमले ११ जुलाईमा लण्डनको बिम्बली रंगशालामा फाइनल खेल्नेछन् ।

कसले कोसँग खेल्नेछ ?
१२ असार अर्थात्, शनिबार अन्तिम १६ को पहिलो खेलमा नेपाली समयअनुसार ९ः४५ मा वेल्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । यही दिन मध्यरात १२ः४५ मा इटलीले अस्ट्रियाको सामना गर्नेछ । १३ असार, नेपाली समयअनुसार राती ९ः४५ मा नेदरल्यान्डस् र चेक गणतन्त्रबीच प्रतिस्पर्धा हुनेछ । यही मध्यरात १२ः४५ मा बेल्जियम र पोर्चुगल भिड्नेछन् ।

१४ असार, नेपाली समयअनुसार राती ९ः४५ मा क्रोयशिया र स्पेन भड्निेछन् । यही मध्यरात १२ः४५ मा फ्रान्स र स्विचरल्यान्ड भिड्नेछन् । १५ असार, नेपाली समयअनुसार राती ९ः४५ मा इङल्यान्ड र जर्मनी भिड्दैछन् । यही मध्यरात १२:४५ मा स्विडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको क्वाटरफाइनल खेलहरु १८ असारबाट सुरु हुनेछन् । असार २२ र २३ गते सेमिफाइनल खेलहरु हुनेछन् । र, फाइनल खेल २२ असार, नेपाली समयअनुसार मध्यराती १२ः४५ मा लण्डनको बिम्बली रंगशाला हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार