सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेताहरुलेनै देशलाई संकटमा पारे

नेताहरुलेनै देशलाई संकटमा पारे

  • बुधबार, असार ९, २०७८
नेताहरुलेनै देशलाई संकटमा पारे

सुरेशकुमार पान्डे
आज देश ईतिहाशकै ठुलो संकटमा परेकोछ।यस्तो सङ्कटमा पर्नुमा सबैभन्दा बढी दोश नेताहरुकोनैछ।हाम्रो देशको कयौँ नेताहरु खास गरेर ठुला राजनीतिक पार्टीहरु माओवादी एमाले र काग्रेसहरुको अदुरदर्सियता र गैर जिम्मेदारी ब्यबहारले देशलाई ईतिहाशको सबैभन्दा ठुलो संकटमा पारेकाछन।देशमा राजा राणाहरुले लामू समय सम्म साशन चलाए उनिहरुको तानासाही निरङ्कुस ब्यबहार भएपनि भाईरको शक्तिले यतिधेरै चलखेल गर्ने मौका पाएको थिएन।देशभित्र सबैभन्दा ठुलो गलति १२बुँदे शंझौताले गर्दा भएकोछ।त्यसैमा टेकेर आफ्नो”कम्फेर्टेवल”सरकार बनाउँन छिमेकीको महा शड्यन्त्र हुँदै आएकोछ।यद्द्यापि देशलाई समय समयमा भएका सन्धि र सम्झौताले सदै सङ्कटमा पार्दै आएकाछन।तर पनि जब देशमा बहुदलिए ब्यबस्था आउँछ त्यो बेला बिदेशीको हस्तक्षेप बढेर जानुको पछाडि कयौँ दलाल मानसिकता भएका लोजपा जस्ता राजनीतिक पार्टीहरुले गर्दानैहो।राजेन्द्र महतो जस्ता कयौँ भारतिय दलालहरु देशमाछन त्यसैले गर्दा बिदेशीको हिम्मत बढेर जान्छ।राजा बिरेन्द्रले आफ्नो राजतिलक गर्दा शान्ति क्षेत्रको प्रस्ताब त्यत्तिकै राखेका थिएनन।राजाहरुलाई छिमेकीको ब्यबहारको पहिले देखुननै जानकारी थियो।तर देशका नेताहरुले आफ्नो कुर्चि जोगाउँन वा प्राप्तगर्न सदैभरी छिमेकीको अगाडि नतमस्तक हुँदै आउँदा अहिलेको यो अबस्था सिर्जित भएकोहो।
हाम्रो देशलाई हेर्ने दृ्ष्ट्रकोण छिमेकीको ‘हे’छ भन्ने कुरा थाहा पाएर पनि अञ्जान हुँने अनि उनैको अगाडि कुर्चिको माग लिएर जानाले देश नराम्रैगरि बिदेशीको चङ्गुलमा फसेकोछ।
जुनसुकैले देशमा सरकार बनाएपनि छिमेकीको अगाडि लम्पसार पर्ने जुन ब्यबहारछ त्यसैको परिणाम अहिले देश अत्यान्तै ठुलो संकटमा परेकोछ।अहिले स्वायम प्रचण्डले ओलिले संसद बिघटन गरेको बेलामा दिल्लि सँग संसद पुनर्वहालीको माग गरेका थिए।यो एउटा मात्रै उधारणहो सयौँ यस्ता उधारणहरुछन।उनैले देशमा”केम्फेर्टेवल”सरकार बनाउँने सङ्केत समेत नगरेका होईनन।
हामिले ओलिको तानाशाही रबैया असम्बैधानिक ब्यबहार र प्रतिगामि प्रयासको बिरुद्धमा ओलिको बिरुद्धमा आन्दोलन भण्डाफोर्ट र ओलिको राजिनामाको माग गर्दै आएकाछौँ।तर यो बास्तबिकतालाई पनि अन्देखी गर्नु हुँदैन की देशमा ओलि पछि आउने जुन सुकै सरकारले पनि छिमेकीको दलालि गर्नेछ,र साम्राज्यवादको त्यो एमसीसीलाई पारित गराउँन जोड लगाउँनेछ।देशभित्र चोर ढोका बाट प्रवेश पाएको संघियता लाई जब सम्म हामिले हटाउँदैनौ तब सम्म देशले काचुलि फेर्न सक्दैन।
अहिले ओलिले सबै भन्दा पहिले धर्मनिरपक्षियता माथि प्रहार गर्नेछन उन्ले यो संकेत धेरै पहिलैई दिई सकेका पनि छन।ओलि सरकारले संसदलाई बिघटन गरेपछि लगातार राष्ट्रघाति पाईला चाल्दै आएकाछन।यो कुरा कतैबाट लुकेकोछैन।अब उन्को पहिलो निशाना धर्मनिरपक्षियतालाई हटाएर देशलाई हिन्दु रास्ट्र घोषित गर्नेछन।यसमा उन्को राजा र भारत सँग साँठगाठ भैसकेको हुनुपर्छ।देशलाई उन्ले प्रतिगामि दिशा तर्फ डोराउँदै गएकाछन।
एम सीसी लाई पारित गराउँन र छिमेकीको दलालि गर्न कम्पटेशन भएको मात्रैछ।यिनि नेताहरुमा कुनै पनि कोई भन्दा कम छैनन।भोलिको दिनमा यि नेताहरुको बारेमा प्रष्टहुनेछ।यिनिहरुको लडाई देशको हितमा र जनतन्त्रको पक्षमा भन्दा पनि कस्ले बिदेशीको बढी दलालि गर्नेर त्यसको जस लिनेमा केन्द्रितछ।
गत पुषको पाँच गते भन्दा एक दुईमैना पहिले देखिनै मधेशवादी दल प्रचण्ड ओली र बाबुराम भट्टराई र शेरबहादुर देउपा सँग सामन्तकुमार गोएलको आपसमा समझ्दारी भएपछिनै ओलिले संसदलाई बिघटन गरेकाथिए भन्नेकुरा कसैबाट लुकेकोछैन।त्यसैले नेताहरु बाट भारतको हितमा केम्फर्टेवल सरकारको स्पोर्ट गर्दै आएकाछन।उनिहररुले देशभित्र सम्बैधानिक राजतन्त्र”सेरेमोनियल किङ्ग”को अबधारणलाई लागु गराउँने र आफु जिम्मेवारी बाट पञ्छिने प्रयात्न रानीतिज्ञहरुको हो।
एकतिर संम्राज्यावादी नीतिपनि लागुगर्ने आर्को तिर नेता बनेर बिदेशी शक्तिको लागि राजालाई अगुवाबनाउँने राजनीतिक नेताहरुको चलाखिहो।
यिनिहरु कम्युनिष्ट होईनन बरु कम्युनिस्टको आबरणभित्र बुजुर्वाको दलाली गरेर ऐयासी गर्ने दलालहरु हुन।यिनिहरु कयौँ काजी लेण्डुप दोर्जेको भुमिका निर्वागर्दै आएकाछन।अहिले देशको अबस्था यति धेरै तरल हुनुमा यिनै नव लैण्डुपेहरुको हातछ।

चर्चामा

सम्बन्धित समाचार