बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम के के छन हेर्नुहाेस

त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम के के छन हेर्नुहाेस

  • सोमवार, असार ७, २०७८
त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम के के छन हेर्नुहाेस

बाजुरा — त्रिबेणी नगरपालिकाको आर्थिक बर्ष 0७८/०७९ को निति तथा कार्यक्रम ल्याइएकाे छ । नगरपालिकाले ल्याएका निति तथा कार्यक्रमहरूमा प्रथम नगरप्रमुख “एक टोल ,एक आर्थिक बिकासका लागि पुर्वाधार निर्माण,-नगरबासी लैइ कोभिड -१९ संक्रमण बच्न / नियन्त्रण रोकथाम गर्न कोभिड अस्पताल लाई थप स्तरउन्नति गरिनुका साथै निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गरिनेछ।
सर्वसाधारणको स्वास्थ्य लाई मध्यनजर गर्दै ३/३ महिनामा मुटुरोग,किड्नीरोग,महिलामा आङ खस्ने,आँखा रोगको न्यूनीकरण ,निदान उपचारका लागी छ्तारा स्वास्थ्य चौकी,तोलि स्वास्थ्य चौकी, कैलाशमाण्डौ स्वास्थ्य चौकि,नगरपालिकाको केन्द्र टुडेगडामामा निशुल्क स्वास्थ्य सिबिर सन्चालन गरिनेछ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस बाट सुरक्षित रहन सम्पुर्ण नगरबासी लाई भ्याक्सिन उपलब्ध गराइने छ। स्वास्थ्य सस्थामा निशुल्क औसधि ( फार्मेसी सेवा) बिस्तारका साथै अभिभावक बिहिन,बिपन्न ,अपांग ,एकल महिला,बालबालिका लाई निशुल्क औसधि उपलब्ध गराईने जनाएकाे छ ।  त्यसै गरी बिद्यालयमा प्राथमिक उपचारको ब्यबस्थापन का साथै बिद्यालयको हाताभित्र जङ्क फुड लाई निरुत्साहित गरिने,  एक घर,एक करेसावारि बाह्रै महिना हरियो तरकारी अभियान सन्चालन गरिने,  युवाहरु लाई खेलकुदमा प्राथमिकता दिन कृकेट,फुटबल र अन्य खेलकुदका लागी २५ रोपनी जग्गामा रंगशाला निर्माण गरिने लगायतका निति तथा कार्यक्रम ल्याएकाे नगरपालिकाले जनाएकाे छ ।
त्यस्तै बिद्यालयमा योग,ध्यान ,साधना कार्यक्रम मार्फत जीवन उपयोगी सिकाईमा असल समाज निर्माणका कार्यक्रम अघि बढाइनेछ।बिद्यालयमा दिवा खाजा कार्यक्रम सङ्गै बाल कक्षा देखि उच्च शिक्षा हासिल गर्ने जेहेन्दार छात्र / छात्रा लाई सम्मान तथा पुरुस्कृत गरिने छ।
११-त्रिबेणि नगरपालिका मा कैलाश बहुमुखी क्याम्पस स्थापनाका साथै त्रिभुवन बिश्वबिद्धालयमा सम्बन्धका लागी पहल गर्ने। स्वास्थ्य जिवनका लागि सुरक्षित किसान ,त्रिबेणि नगरपालिकाका स्थानिय रैथाने उत्पादन लाई बजारीकरण गर्न हाट बजारको ब्यबस्थापन गरिनेछ। बहुउद्देश्यीय नर्सरी स्थापना गरिनेछ ।
एक बिद्यालय , एक नमुना कृषि बगैंचा निर्माण कार्यक्रम लागू गरिनेछ । धार्मिक पर्यटकीय गन्तव्य का लागी नाटेश्वरी- बडिमालिका रोडको DPR गरि पदमार्गको बिस्तार गर्ने। दिगो आर्थिक बिकासका लागि पर्यटकिय पुर्वाधार , भुस्वर्ग सुन्दर ठाउँ ,नाटेश्वरी बडिमालिका घुम्न जाउ” बडिमालिका पर्यटन महोत्सव सन्चालन गरिने जनाएकाे छ । मालागाड, बल्देमा मोटरेबल पुलको DPR,सोल टेस्ट सङ्गै पुल निर्माणका लागि पहल गरिनेछ। तीन बर्षमा नगरपालिकाका मुख्य सडक कालोपत्र गर्ने र नगरपालिकाका बस्तीहरु जोड्न रिङरोडको अवधारणा अनुसार सडक निर्माण गरिनेछ। तोलिको टुडेगडा,सालडाडा,कैलाशमाण्डौ,नाटेश्वरीमा केबलकार लागि DPR सहित निर्माणको पहल गरिनेछ।
बाजुरा जिल्लाकै अग्रणी ब्यक्तित्व स्व नरसिंह गिरि स्मृतिमा सालिक सहितको स्मृति पार्क निर्माण गरिनेछ। स्वच्छ खानेपानी अभियान अन्तर्गत एक घर,एक धारा  र नगरपालिकाका गतिविधि लाई सर्वसाधारणको पहुँचमा पुर्याउन मोबाइल APPs निर्माण गरि सेवा प्रभाबकारी बनाउने ।सन्चारको बिकास लाई गति दिन ल्याण्डलाईन फोन को बिस्तार र FM संचालनमा ल्याइनेछ।
२४-युवाको श्रम,सिपमा हाम्रो दायित्व / बिकासमा युवाको साझेदारी , सिपमुलक रोजगारी आजको आबश्यकता भन्ने मुल नाराका साथ प्रदेश ,संघीय सरकारको साझेदारीमा मेयर रोजगार कार्यक्रम मार्फत करिब ८०० युवाहरु लाई रोजगारि दिईनेछ। सर्वसाधारणको स्वास्थ्य हाम्रो दायित्व लाई मध्यनजर गर्दै त्रिबेणि नगरपालिकामा २५ सैय्याको सुबिधासम्पन्न अस्पताल स्थापना गरिने नगरपालिकाले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार