सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हो मलाई गुनासो छ अहिलेको सरकार सँग पनि,

हो मलाई गुनासो छ अहिलेको सरकार सँग पनि,

  • आइतवार, असार ६, २०७८
हो मलाई गुनासो छ अहिलेको सरकार सँग पनि,

हो मलाई गुनासो छ अहिलेको सरकार सँग पनि,
उस्तैछ नेताका गुनगान गाउँने अखबार सँग पनि।

युवाहरुको लाश फरकिन्छन रातो बाकसमा भित्र,
बुढेश कालमा बाँच्नै पर्छ हेर यस्तो भार सँग पनि।

श्रोत साधन प्रसस्तैछ बिकास गर्ने मन भए देशमा,
जनता त दुखि भए दलालि गर्ने ब्यबहार सँग पनि।

कसैले सदै बिरोधकै लागि बिरोध गर्छन देश भित्र,
उन्लाई सरकोकार नै छैन देशको निखार सँग पनि।

देश बनाउँन टिकाउ सरकार चाहिन्छ देशभित्र मा,
के बिकास हुन्छ भन फाल्नकै यो हतार सँग पनि।

जनता अब देश जोगाउँन साथ देउ यही सेते लाई,
किन भर पर्छौ अँझै यस्ता देशका गद्धार सँग पनि।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार