शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भाषणमा त थियो वास्तबमा पानी जहाज छैन,

भाषणमा त थियो वास्तबमा पानी जहाज छैन,

  • शुक्रबार, असार ४, २०७८
भाषणमा त थियो वास्तबमा पानी जहाज छैन,

भाषणमा त थियो वास्तबमा पानी जहाज छैन,
जनता डुवानमा परे तर सरकारलाई लाज छैन।

उखान टुक्का धेरै जानेको भए पनि केगर्ने मित्र,
देश बिकासका लागि एक रुपियाको काज छैन।

सत्तामा बसिरहेका हुन्छन तानाशाही बनेर नेता,
आफैलाई थाहाछ सम्बैधानिक उन्को ताज छैन।

लगाउँन त उनैले पनि लाकडाउन लगाए देश मा,
तर बेखबरछन जनता सँग खानलाई अनाज छैन।

देश बिदेशी अतिक्रमणमा पय्रो भनेर मात्रै केगरौँ,
सरकार सँग अन्तरराष्ट्र सँग उठाउने आवाज छैन।

हो युवाहरुलाई डिग्रिको बदलामा राहदानी दियो,
हाम्रो देशको जस्तो त संसार भरी कतै राज छैन।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार