शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

  • बिहिबार, असार ३, २०७८
कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो । आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।

२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिर्न पाउने गरी समय थप गरेको छ। सर्वोच्च अदालतले मंगलवार मात्रै सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न आदेश दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार