शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • देशमा बर्षाको भेल-संसदमा मन्त्रीको खेल!

देशमा बर्षाको भेल-संसदमा मन्त्रीको खेल!

  • बिहिबार, असार ३, २०७८
देशमा बर्षाको भेल-संसदमा मन्त्रीको खेल!

सुरेशकुमार पान्डे– अहिले लगातार छे दिन सम्म परेको अबिरल बर्षाले कयौँका घरहरु डुवानमा परेकाछन।कयौँ ठाउँमा पहिरो गएर घरनै बगाएर लगेको कयौँका ज्यान गएको मिडियाहरुमा लगातार आएकाछन।बर्षा याममा सदै बाडी पहिरो र खोलाहरु उर्लेर जन धनको नोक्सान हुन्छ।यो नौलो कुरा होईन प्रत्येक बर्ष यस्तै हुँदै आएकोछ।
हाम्रो देशको बनावट यस्तै प्रकारकोछ।पहाडमा बर्षात आयो भने तराईमा जैले पनि बाडी आउँछ।माथिबाट आएको पानीको रफ्तार अत्यान्तै तेज हुँनाले कयौँ खेतहरु पनि बगाई दिन्छ।यो त प्राकृतिक हो कस्लाई के भन्ने?तर यो देशको सरकारलाई त थाहा हुँनुपर्ने हाम्रो देशमा पानी पय्रो भने सम्बेदन सिल अबस्था सिर्जित हुन्छ।देश डुबानमा पर्छ,तर यो सरकारको आफ्नै समस्या सकिदैन।सदै सडक र सदनमा यिनका कुटामार छन।
बिदेशीको दालालि गर्नलाई बरु यसलाई बिहार बचाउँने चिन्ताछ तर आफ्नो देशलाई कसरि जोगाउँने नागरिकको रक्षा कसरी गर्ने त्यता उस्ले ध्यान दिनै सक्दैन।बर्षा प्रतेक बर्स आउँछ हिउँद प्रतेक बर्ष लाग्छ यो त सबैलाई थाहा हुन्छ।हिँउदमा पानिको समस्या बर्षामा भेल डुवान को समस्या हुँन्छ भन्ने कुरा त सरकारलाई थाहानै हुनुपर्ने।
यो देशका नेताहरु चुनाव जीतेर सरकारमा गएपछि के गर्नु पर्छ?त्यो त छिमेकीले सिकाउँछ अह्राउँछ।किनकी सरकारमा गएपछि यिनिहरु कटपुतलि बन्छन।
साम्राज्यावादको ईसारामा छम छम नाच्ने नर्तकीहरुको समुहलाई देश डुबोस वा जनतालाई पहिरोले पुरुश त्यसको बारेमा कत्ति मत्लब छैन।अहिले बर्षा बल्ल सुरु भएकोछ यानिकी आज असारको तिन गयो।लाग्दै असाढमा यो हालछ अँझै तिन मैना बर्षाको पुरै बाँकिछ।यहि अबस्था रहनेहो भने देशको कयौँ क्षेत्र डुबानमा पर्ने कयौँ पहिरो जाने अनि जनताहरुको रुवाबाश हुने निश्चितछ।किनकी सरकारको कुनै योजनानै छैन बडि आपत पय्रो भने संसारका देशहरुमा भिख माग्ने राहतको नाममा अनि ऐयासि गर्ने।
लाजै पचाएपछि त लाज लाग्दै लाग्दैन यो सरकारले पनि पहिलेका सरकारहरुले जस्तै लाज पचाई सक्यो।हाम्रो जस्तो देशमा कुनै देश भक्तले राज गर्थ्यो भने उस्ले स्वर्ग बनाई दिने थ्यो।बर्षातको पानीलाई जम्मा गरेर हिउँदमा सिँचाई गर्न प्रयोग गर्थ्यो।नदी बाट बिधुत बनाएर देशलाई आत्मनिर्भर गराउँथ्यो।बिदेशमा गएका युवाहरुलाई देशभित्र उद्दोग खोलेर देशको शक्ति देशमै लगाउँथ्यो।तर यँहा त उखान टुक्का हालेर देशको सम्पति पखालेर युवाहरु लाई ढालेर राज गर्दै आएकाछन।यिनिहरुको के कस्तो आस गर्ने?भन्नुस त।जो आफै पदको लागि बिदेशीको अगाडी भिख माग्छ बिदेशको अगाडि नतमस्तकछ।देशका जनताको बिस्वाश त छँदैछैन बिदेशीलाई ग्वार्छ।अहिले पनि उस्ले सरकारको आयु कसरी बढाउँने हो त्यो चिन्तामा ब्याकुलछ जनतालाई भलले डुबाए पनि पहिरोले पुरेपनि देख्नेले देख्छ,लेख्नेले लेख्छ तर सरकार बेखबरछ।
बरु राजा र राणाहरुलाई त ईख पनि थियो उनिहरुले आफ्ना जनतालाई गुलाम बनाएपनि ईतिहाश साच्चिछ देशलाई गुलाम बन्न दिएनन।तर आज आएका गणतन्त्रवादी भन्नेहरु अँझ माथि आफुलाई समाजवादी भन्नेहरुको हबिगत अहिले दयानियछ।सत्ताको लागि बिदेशी सँग त कुनै प्रतिकृयावादी साशकले पनि गर्दैनन।लाज मान्छन आफु एसरी नाङ्गिन तर यो देशका यि नेताहरु ढिड भएकाछन।
हामिले कसैलाई बिरोधकै लागि बिरोध गर्दैनौँ बरु उस्को सहि कामको प्रसन्शा गर्छौँ अनि गलतकामको बिरोध गर्दै आएकाछौँ।यहि ओलि सरकारको कुनै बेला प्रसंशा गर्ने पनि हामिनै हौँ त्यो बेला राम्रो काम गर्दा सम्मान र अहिले नराम्रो काम गर्दा भण्डाफोर्ड गर्ने हाम्रो नीति हुन्छ।किन की हामिले देशको बारेमा जनताको बारेमा र स्वतन्त्रताको बारेमा सदैभरी सजग रहने गर्छौँ।देशभक्तहरुको लागि यहि बाटो सहि हुनेगर्छ।
२०४५सालमा हामिले राजाको अडानलाई पनि समर्थन गरेकाछौँ।ब्यपार र पारगमन सन्धिको बारेमा आफ्नो अडानको लागि राजा बिरेन्द्रलाई धन्यावाद भनेका थ्यौँ।टनक पुर सम्झौताको काग्रेस र एमाले समेतको भण्डाफोर्ड गर्यौ। देशमा आएको संघियता को भण्डाफोर्ड र बिरोध गय्रौँ।देशलाई फिजिवनाउँने नागरिकता बिधेयको बिरोध गर्यो।देशलाई गणतन्त्र र धर्म निरपक्ष्यताको पक्षमा लगातार जोड दिदैँ आएकाछौँ।जस्ले गर्दा हाम्रो सहि कार्यादिशालाई प्रष्ट पार्दै आएकोछ।
अहिले देश बिदेशमा चलेको कोरोना महामारि र त्यसको नियन्तरणका लागि लागेको लाकडाउँनले जनता दुखि भएको अबस्थामा देशमा लगातार आएको बर्षातका कारण देशको कयौँ हिस्सा डुबानमा परेकोछ।यो बेलामा पनि सरकारको संसदमा रुवाबासी त्यो पनि कुर्चिको लागि खेल,बिदेशिको रखेल हुँदा दुःख लाग्छ।समयको ठोकरले पनि सरकारी नेताहरुको सदबुद्धि नपलाउँदा एक प्रकारको तमाशानै भयकोछ बडम्बनानै भन्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार