शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा नगद सहित ६ जना जुवाडे पक्राउ

बाजुरामा नगद सहित ६ जना जुवाडे पक्राउ

  • मङ्लबार, असार १, २०७८
बाजुरामा नगद सहित ६ जना जुवाडे पक्राउ

बाजुरा — जिल्लाको सदरमुकाम मार्तडीमा ९८ हजार ३ सय २५ रुपैया सहित ६ जना जुवाडे पक्राउ परेका छन । सोमबार साझँ मार्तडी बजारको तुफान डाडाबाट जुवा खेलिरहेको अबस्थामा पक्राउ परेको प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन । बिषेश सुराकीको आधारमा उनिहरुलाई तुफानडाडाबाट नगद सहित ६ जना पक्राउ परेका प्रहरी निरीक्षक साउँदले बताएका छन ।
उनिहरु सबै मार्तडीका ब्यापारीहरु रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनिहरुको प्रहरीले थप अनुुन्धान गरिहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार