शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • खोलाले बगाउदा बाजुरामा एक महिला बेपत्ता

खोलाले बगाउदा बाजुरामा एक महिला बेपत्ता

  • सोमवार, जेष्ठ ३१, २०७८
खोलाले बगाउदा बाजुरामा एक महिला बेपत्ता

बाजुरा– बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन्  ।
गाउँमा रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानियले वताए । बेपत्ता  ल्वारको खोजी कार्य भएपनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी रहेका छन् । खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय  कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार