शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पहाड समेत लिलाम भए

पहाड समेत लिलाम भए

  • शनिबार, जेष्ठ २९, २०७८
पहाड समेत लिलाम भए

देशभित्रका पहाड समेत लिलाम भए,
बिकासको त कुरैछाडौँ त्यो जाम भए।

राणा राजा सबैले लुटे देश लाई पहिले
अहिलेका भुरे टाकुरे झनै बेलगाम भए।

जनताको समस्याहरु त झनै बड्दैछन,
आफ्नो रगत दिने शहिद बद्नाम भए।

जनताले लगातार गरेको जन आन्दोन,
अवसरबादले गर्दा ति सबै बेकाम भए।

आन्दोलनमा घुसेका तिनै राता मण्डले,
जनबिरोधीहरु देशमा प्रत्येक ठाम भए।

तल बाट माथि सम्म भ्रष्टचार फैलाउँने,
पुग्नेरैछन सबैका मुखमा रामनाम भए।

चर्चामा

सम्बन्धित समाचार