शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७६१ पुग्यो

पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७६१ पुग्यो

  • शुक्रबार, जेष्ठ २८, २०७८
पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७६१ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १९ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ६१ पुगेको छ । आज १४८ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आज बाजुरामा निको भएर घर फर्किएको सख्या ३३ रहेको छ । बाजुरामा निको हुनेको सख्या ४ सय ८० पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङके रहेको छ । हाल सम्म २ सय ७१ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १२ रहेका छन भने होम आइसोलेशनमा २ सय ५९ जना रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हाल सम्म २ हजार २ सय ९० जनाको कोरोना परिक्षण गर्दा ७ सय ६१ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार